Comments Add Comment

केजरीवालको सपथ समारोहमा मोदी सहभागी नहुने

२९ माघ, काठमाडौं । दिल्लीको मुख्यमन्त्री पदको सपथ लिनुअघि आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका छन् ।

मोदीसँगको भेटमा आपका नेता मनीष सिसौदिया पनि संलग्न थिए । प्रधानमन्त्री मोदीसँग १५/२० मिनेटसम्म कुराकानी भएको थियो ।

Narendra-modi-And-Arvind-kejariwal

सिसौदियाका अनुसार भेटमा प्रभानमन्धी मोदीलाई सपथ समारोहमा सहभागी हुन निम्तो दिइएको थियो । तर, मोदीले पूर्व निर्धारित कार्यक्रमका कारण सहभागी हुन नसक्ने जवाफ दिएका छन् ।

विधानसभा चुनावमा ऐतिहासिक जित हात पारेपछि केजरीवालले १४ फ्रेबुअरीमा मुख्यमन्त्रीको सपथ लिने कार्यक्रम तय भएको छ ।
आजको जितपछि प्रधानमन्त्री मोदीले केजरीवाललाई फोन गरेर बधाइ दिएका थिए ।

केजरीवाल र सिसौदियाले बुधबार राष्ट्रपति प्रणव मुखर्जीका साथै केन्द्रीय शहरी विकासमन्त्री र गृहमन्त्रीलाई छुट्टा छुट्टै भेटेका थिए ।

दिल्ली विधानसभामा ७० मध्ये ६७ सिट आम आदमी पार्टीले जितेको छ । भारतीय जनता पार्टीले तीन सिट मात्र जितेको छ भने कांग्रेस शुन्य भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment