२९ माघ, काठमाडौं । एडभान्स कलेज अफ ईन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा शिव भट्टराईको नेतृत्वमा नेपाल विद्यार्थी संघको इकाइ समिति गठन भएको छ ।
विहीबार नेविसंघ केन्द्रीय सदस्य ईन्दु शर्माको उपस्थितिमा चार सय सदस्यीय इकाइ समिति गठन गरिएको हो ।

विद्यार्थीहरुको विवादका कारण एडभान्स कलेजमा एक बर्षदेखि इकाइ समिति गठन हुन सकेको थिएन ।
नेतृत्व चयनका विषयमा विवाद मिलाउन कलेज पुगेका नेविसंघ नेता कुन्दनराज काफ्लेमाथी समेत यसअघि आक्रमण भएको थियो ।
विहीबार पनि भट्टराईको नेतृत्वमा इकाइ समिति गठन भएलगत्तै असन्तुष्ट पक्षले विरोध जनाएको थियो ।
२१ बर्षीय भट्टराइले असन्तुष्ट पक्षलाई पनि मिलाएर अघि बढ्ने बताएका छन् ।
उनी सबैभन्दा कम उमेरमा नेपाल विद्यार्थी संघ क्याम्पस इकाइ अध्यक्ष बनेको दाबी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4