१ फागुन, काठमाडौं । पाकिस्तानको पेशावरस्थित शिया मस्जिदमा शुक्रबार भएको आक्रमणमा १९ जनाको मृत्यु भएको छ ।
हतियारधारी तीन जनाले मस्जिद भित्र पसेर गोली र ग्रिनेड प्रहार गरेका थिए । मस्जिद बाहिर पनि बम विष्फोट गराइएको थियो ।
गत डिसेम्बरमा पनि पेशावरस्थित सैनिक विद्यालयमा तालिवान विद्रोहीले आक्रमण गर्दा विद्यार्थी र शिक्षकहरुसहित १४० भन्दा धेरैको मृत्यु भएको थियो ।
गत महिना पाकिस्तानकै सिन्ध प्रान्तको शिकारपुर जिल्लामा पनि शिया मस्जिदमा हमला हुँदा ६० जना भन्दा धेरै मारिएका थिए ।
यसैबीच भारतको कर्णाटका राज्यमा शुक्रबार विहान रेल दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दुर्घटनास्थित राजधानी बैंगलोरबाट चालीस किलोमिटर टाढा पर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4