+
+
Shares

भाजपा उपाध्यक्षले भनिन्- जातीय संघीयताले नेपाल टुक्रन सक्छ

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन ५ गते १७:०५

५ फागुन, काठमाडौं । भारतीय जनता पार्टीकी राष्ट्रिय उपाध्यक्ष रेणु देवीले जातीय संघीयतामा गए नेपाल विभाजित हुन सक्ने बताएकी छन् । शिवरात्रीका बेला काठमाडाैं अाएकी उनले छिमेककाे मामिलामा यसरी बाेलेकी हुन् ।

Renu-Deviभारत जातीय संघीयताको विपक्षमा रहेको भन्दै उनले नेपालको एकता, शान्ति र विकासका लागि जातीय संघीयता हुन नहुने बताइन् ।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा भाजपा उपाध्यक्ष रेणु देवीले भनिन्-‘जातीयताका आधारमा संघीयतामा गए नेपाल विनाश हुन्छ । सावधान ! जातका नाममा द्वन्द्व चर्काएर नेपाललाई फुटाउन खोजिएको छ ।’

विभिन्न बहानामा नेपालको अखण्डतामाथि प्रहार भइरहेको भन्दै उनले भारत नेपालको एकताका लागि सधै सहयोगी बन्ने बताइन् ।

संविधान निर्माणको क्रममा रहँदा भारतले विभाजन भोगेको भन्दै भारतीय जनता पार्टीकी राष्ट्रिय उपाध्यक्ष देवीले नेपालका नेताहरूलाई सुझबुझका साथ संविधान बनाउन आग्रह गरिन् ।

देवीले नेपाल सँधै हिन्दु राज्य नै रहेको तर्क गरिन् । भाजपा नेपालमा हिन्दु राष्ट्र चाहन्छ ? भन्ने प्रश्नमा उनले भनिन्-‘नेपाल जहिले पनि हिन्दु राज्य थियो, छ र भइरहनेछ ।’ हिन्दुको अर्थ सभ्यता, सहिष्णुता र संस्कार रहेको भन्दै उनले नेपालमा त्यसको अभ्यास भइरहेको बताइन् ।

नेपालमा समयमा संविधान नबन्नुले भारत चिन्तित रहेको भन्दै उनले नेपाल भ्रमणपछि यहाँको राजनीतिक अवस्थाबारे प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित शाहसँग छलफल गर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?