+
+
Shares

चक्र बास्तोलालाई बोलाउँदै प्रचण्डले भने-उहाँको खाँचो छ

७ फागुन, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

राष्ट्रपति, प्रधानमन्त्री सैनिक मञ्च टुँडिखेलमा प्रजातन्त्र दिवस मनाइरहेका बेला प्रमुख विपक्षी दलका नेता प्रचण्ड सातदोबाटो खुमलटार मार्गस्थित बास्तोलाको निवास पुगेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन ७ गते १४:२०

Prachanda-in-Chakra-Bastola-house

  • चक्र बास्तोलालार्इ बोलाउने प्रयास गर्दै प्रचण्ड । तस्वीरः प्रकाश दाहालको फेसबुक पेजबाट

७ फागुन, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

राष्ट्रपति, प्रधानमन्त्री सैनिक मञ्च टुँडिखेलमा प्रजातन्त्र दिवस मनाइरहेका बेला प्रमुख विपक्षी दलका नेता प्रचण्ड सातदोबाटो खुमलटार मार्गस्थित बास्तोलाको निवास पुगेका थिए ।

भेटमा सहभागी कांग्रेस सभासद सरिता प्रसाईका अनुसार बास्तोलालाई भेटेपछि प्रचण्डले ‘चक्र जी चक्र जी’ भनेर बोलाउने कोसिस गरेका थिए ।

एक वर्षभन्दा लामो समयदेखि मस्तिष्कघातले थलिएका बास्तोला अचेत अवस्थामा छन् । बास्तोला बोल्न सक्दैनन् । यदाकदा औंला उठाउन खोज्छन् ।

बास्तोला पत्नी कुसुमलगायतसँग कुराकानीका क्रममा प्रचण्डले शन्ति प्रक्रियामा बास्तोलाले खेलेको भूमिकाको स्मरण गरेका थिए ।

‘दिल्लीमा पहिलो वार्ता गराएको देखि बास्तोलाको घरमा आएर डिनर खाएको स्मरण गर्दै शान्ति प्रक्रियामा उहाँ (बास्तोला) को ठूलो रोल थियो भन्नुभो’ कांग्रेस सभासद प्रसाईँले अनलाइनखबरसँग भनिन्-‘अहिले उहाँ जस्तो ब्यक्तिको खाँचो छ भन्नुभयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?