बलिउडको इतिहासमै सबैभन्दा लामो समयसम्म चलेको चलचित्र ‘दिल्वाले दुल्हनियां ले जायंगे’ २० बर्षपछि हलबाट उत्रिएको छ । केही महिना अघि मात्र यो चलचित्र मुम्बइको मराठा मन्दिरमा १ हजार हप्ता चलेको खुशीयालीमा विशेष कार्यक्रम गरिएको थियो ।
तर, अब यो चलचित्र मराठा मन्दिरमा चल्नेछैन । चलचित्रको आज अन्तिम शो भएको छ । बिहान साढे ११ बजेदेखि चलचित्र चल्दा अन्य नयाँ चलचित्रलाई असर परेको गुनासो हल संचालकले यशराज ब्यानरसँग गरेका थिए ।
उनीहरुले बिहान ९ बजे चलचित्रको शो राख्न आग्रह गरेका थिए । यस्तै, जम्मा एक शोका कारण धेरै मानिसहरुलाई अतिरिक्त काम समेत गर्नुपरेको गुनासो आएको थियो । यही कुरालाई मध्यनजर राख्दै यशराज ब्यानर र मराठा मन्दिरले यो चलचित्रको शो बन्द गर्ने निर्णय गरेका हुन् ।
साहरुख खान र काजोलको लभस्टोरी यो चलचित्रले बलिउड इतिहासमा थुप्रै रेकर्ड बनाएको छ । तर, अब यो चलचित्र हलमा देखिनेछैन । यो चलचित्रलाई आदित्य चोपडाले निर्देशन गरेका हुन् । यही चलचित्रले साहरुखलाई बलिउडमा रोमान्सका राजा समेत बनाएको थियो ।
प्रतिक्रिया 4