+
+
Shares

अस्थायी चर्पी नबनाए एकहजार पाँच सय जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन ९ गते १०:१८

९ फागुन, सोलुखुम्बु । सोलुखुम्बुको मुक्ली गाविसभित्र जो कसैले विवाह, व्रतबन्ध, काजक्रियाजस्ता सामाजिक कार्य गर्दा मानिस भेला हुने स्थानमा अनिवार्य अस्थायी चर्पी बनाउनुपर्ने भएको छ ।

toiletगाउँस्तरीय खानेपानी तथा सरसफाइ समन्वय समिति मुक्लीको शुक्रबार सम्पन्न बैठकले सामाजिक कार्यमा अस्थायी शौचालय अनिवार्य गरेको हो ।

त्यस्तो शौचालय नबनाई सामाजिक कार्य गरेमा त्यस्ता घरपरिवारलाई एक हजार पाँच सय रूपैयाँ जरिवाना असुल गर्ने पनि समितिले निर्णय गरेको सहजकर्ता पुष्पा राईले जानकारी दिए ।

अस्थायी शौचालय नहुँदा जथाभावी पिसाव फर्ने गरेको पाइएकाले मानिसको जमघट हुने स्थानमा नै चर्पी निर्माण गर्नुपर्ने निर्णय गरेको उनले बताए ।

यही फागुन २९ गते खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य रहेको सो गाविसमा अब १६ घरधुरीले चर्पी बनाउन बाँकी रहेको कारण उनीहरुलाई फागुण १५ गतेसम्मको समयसीमा समितिले दिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?