+
+
Shares

नितिश कुमार चौथो पटक बिहारको मुख्यमन्त्री बने

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन १० गते १७:४१

Nitish-Kumar

१० फागुन, काठमाडौं । जनता दल युनाइटेडका नेता नितिश कुमार चौथो पटक बिहारको मुख्यमन्त्री बनेका छन् ।

उनले आइतबार कार्यवाहक राज्यपाल केशरीनाथ त्रिपाठीसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् । अब उनले १६ मार्चमा विधानसभामा आफ्नो बहुमत देखाउनु पर्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

गत साता जनता दल युनाइटेडले जितनराम माझीलाई मुख्यमन्त्री पदबाट हट्न भनेपछि बिहारको राजनीतिमा उथल-पुथल भएको थियो ।

माझीले पदबाट हट्न अस्वीकार गरे । लगतै जनता दल युनाइटेडले उनलाई पार्टीबाट निकाल्नुका साथै नितिशकुमारलाई बिहार विधानमण्डल दलको नेता चयन गर्‍यो ।

माझीलाई गत शुक्रबरा विधानसभामा विश्वासको मत लिन भनिएको थियो । तर, त्यसअघि नै उनले पदबाट राजीनामा दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?