+
+

जर्मन लक्जरी कार ‘पसे’ नेपाल आउने तयारीमा

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन ११ गते ९:०२

normal 1

काठमाण्डौ । जर्मन लक्जरी कार ब्राण्ड ‘पसे’ नेपाल आउने तयारी गरिरहेको छ । भक्सवागन समूहको स्वामित्वमा रहेको पसे ब्राण्ड उच्च क्षमताका स्पोर्टस् तथा कार बिलासी कार मानिन्छ । पछिल्लो समयमा पसेले बिलासी सेडान तथा एसयुभी पनि उत्पादन गरिरहेको छ ।

हाल भारतमा बिक्रि भइरहेको पसे ब्राण्ड नेपाल आउने इच्छा देखाउादै इच्छुक नेपाली र्फमलाई डिलरका लागि आबेदन दिन आह्वान गरेको छ ।

Porsche (2)

नेपालका पत्रपत्रिकामा सूचना प्रकाशित गर्दै कम्पनीले नेपालमा पनि नेटवर्क विस्तार गर्ने तयारी भइरहेकाले आबेदन दिन आह्वान गरिएको छ । भारतमा पसे कारको मूल्य ८१ लाख भारतीय रुपैयााबाट सुरु हुन्छ जसको अधिकतम मूल्य २ करोड ६६ लाख भारुसम्म पर्छ ।

१९३१ मा जर्मनीमा स्थापित यो कम्पनीले भक्सवागनको लोकपि्रय विटल कार डिजाइन गरेको थियो । यो ब्राण्डका ९११, केनी, पनामर लगायतका ब्राण्ड लोकपि्रय छन् । सन् २०१३ मात्रै पसेले ४२ हजार युनिट लक्जरी कार बेचेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?