१२ फागुन, काठमाडौं । भारतको गुजरातका स्वास्थ्यमन्त्री शंकर चौधरीलाई स्वाइन फ्लू भएको पुष्टि भएको छ ।
स्वास्थ्य परीक्षणका क्रममा चौधरीमा स्वाइन फ्लू पोजेटिभ भेटिएको भारतीय टीभी आजतकले जनाएको छ ।
भारतमा स्वाइन फ्लूले महामारीको रुप लिएको छ । अहिलेसम्म ८३३ को मृत्यु भइसकेको छ भने १४ हजार संक्रमित भएका छन् ।
स्वाइन फ्लूबाट मृत्यु हुनेमा २१४ राजस्थानका छन् । गुजरातमा २०७ जनाले ज्यान गुमाएका छन् । राजस्थानमा २१०७ र गुजरातमा स्वाथ्यमन्त्रीसहित ४५४९ संक्रमित भएको समाचारमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4