Comments Add Comment

यी हुन् विश्वका ९ ठूला उदीयमान प्रविधि कम्पनीहरु

कुनै समय यस्तो थियो, सुरुवाती अवस्थाका उदीयमान प्रविधि कम्पनीहरु (टेक स्टार्टअप) का लागि कम्पनीको मूल्यांकन १ अर्ब पुग्नु निकै ठूलो सफलता मानिन्थ्यो ।

त्यसपछि सफलताको सूचकको आकार बढ्दै गएर ५ अर्ब डलरलाई मान्न थालियो । तर, पछिल्ला महिनाहरुमा प्रविधिको दुनियाँमा नवस्थापित उदीयमान कम्पनीहरुको मूल्यांकन तिब्र रुपमा बढिरहेको छ र यसले रेकर्ड कायम गर्ने क्रम नियमित प्रक्रियाजस्तै बनेको छ ।

त्यसैले अहिले दश बिलियन डलरको क्लबमा पर्ने टेक स्टार्टअपहरु अर्थात् कम्तीमा पनि दश अर्ब डलर मूल्यांकन हुने नवस्थापित प्रविधि कम्पनीहरुलाई मात्र मानिसहरुले गणना गर्न थालेका छन् । कम्तिमा १० अर्ब डलर भन्दा बढि मूल्यांकन भएका विश्वका सबैभन्दा मूल्यवान टेक स्टार्टअप यी हुन्-

no-1-xiaomi-46-billion१. शाओमी- चिनियाँ स्मार्टफोन निर्माता कम्पनी शाओमी विश्वको सबैभन्दा मूल्यवान टेक स्टार्टअप हो । सन् २०१० मा स्थापित यो कम्पनीको बजार मूल्य ४६ अर्ब डलर छ । जुन लेइ प्रमुख कार्यकारी रहेको यो कम्पनीमा डिजिटल स्काइ टेक्नोलोजी, डिएसटी ग्लोबल, क्वालकोम भेन्चर लगायतले लगानी गरेका छन् ।

 

no-2-uber-412-billion२. उबर- अनलाइन ट्याक्सी रिजर्भ एप उबर कम्पनी विश्वको दोश्रो मूल्यवान टेक स्टार्टअप हो । ४१ अर्ब २० करोड मूल्य रहेको यो कम्पनी सन् २००९ मा स्थापना भएको हो । अमेरिकी कम्पनी उबरमा बेन्चमार्क क्यापिटल, मेल्नो भेन्चर, गुगल भेन्चर लगायतको लगानी रहेको छ ।

 

no-3-snapchat-16-billion-to-19-billion-seeking३. स्नापच्याट– गएको डिसेम्बरमा १० अर्ब डलर मूल्यांकन गरिएको फोटो मेसेजिङ एप स्नापच्याटको अहिलेको मूल्य १६ अर्ब नाघिसकेको छ । सन् २०१२ मा स्थापित स्नापच्याटमा याहु, बेन्चमार्क क्यापिटल लगायतको लगानी रहेको छ ।

 

no-4-palantir-15-billion४. पालान्टिर- सन् २००४ मा स्थापना भएको सफट्वेयर कम्पनी पालान्टिर खासगरी डाटा विश्लेषण सेवाका लागि चर्चित छ । अमेरिकी गुप्तचर संस्था सिआइए तथा एफ बी आइ लगायतका सरकारी निकायहरु पालान्टिरका मुख्य ग्राहक हुन् । यसको बजार मूल्यांकन १५ अर्ब डलर रहेको छ ।

 

no-5-spacex-12-billion५. स्पेस एक्स- खगोलीय अध्ययनका लागि यानहरुको डिजाइन गर्ने, निर्माण गर्ने तथा प्रक्षेपण गर्ने अन्तरीक्ष अनुसन्धान प्रविधि अर्थात् स्पेस एक्सको स्थापना सन् २००२ मा भएको हो । यसको बजार मूल्य १२ अर्ब डलर रहेको छ । यसमा गुगलले समेत लगानी गरेको छ ।

 

no-6-flipkart-11-billion६. फि्लपकार्ट- भारतको बैंगलोरमा मुख्यालय रहेको इ कमर्श कम्पनी फि्लपकार्टको स्वामित्व एक सिंगापुरको कम्पनीले लिएको छ । सन् २००७ मा सचिन वंशल र बिन्नी वंशलले स्थापना गरेको फि्लपकार्टले अनलाइन कारोबार मात्र होइन डिजी फि्लप ब्राण्ड मार्फत ट्याब्लेट, युएसबी तथा ल्यापटप ब्याग समेत उत्पादन र बिक्रि गर्ने गर्छ । त्यस्तै हेल्थ केयर तथा घरासायी प्रयोजनका विभिन्न सामाग्रीहरुको समेत उत्पादन र बिक्रि गर्ने गर्छ । इलेक्ट्रोनिक्स सामान सँगै पुस्तक तथा संगीत क्षेत्रमा समेत फि्लप कार्टले सफलता प्राप्त गरिरहेको छ । यो कम्पनीको बजार मूल्य १ अर्ब डलर रहेको छ ।

no-7-pinterest-11-billion-seeking७. पिन्टेरेष्ट- वेब तथा मोबाइल एप्लिकेसन कम्पनी पिन्टेरेष्टले प्रयोगकर्तालाई आफ्ना डाटाहरु अनलाइनमा शेयर गर्ने तथा भण्डारण गर्ने सुविधा उपलब्ध गराउँछ । सन् २००८ मा स्थापित यो स्टार्ट अपको सन् २०१४ को मूल्यांकन ५ अर्ब डलर थियो, जुन अहिले ११ अर्ब डलर पुगिसकेको छ ।

 

no-8-airbnb-10-billion८. एयरबीएनबी- अनलाइन मार्फत मानिसहरुलाई अस्थायी आवास भाडामा खरीद गर्न सघाउने यो वेबसाइट सन् २००८ मा स्थापना भएको हो । अहिले कम्पनीले आफ्नो वेबसाइट मार्फत् १९० देशमा यो सेवा उपलब्ध गराएको छ । कम्पनीको मूल्य १० अर्ब डलर रहेको छ ।

 

no-9-dropbox-10-billion९. ड्रपबक्स- अनलाइनमा ठूलो फाइलहरु सजिलैसँग स्टोर गर्ने तथा इमेल मार्फत शेयर गर्ने सुविधा प्रदान गर्दै आएको ड्रपबक्सका विश्वभर गरी २० करोड प्रयोगकर्ता छ । सन् २००७ मा स्थापित ड्रपबक्सको बजार मूल्य १० अर्ब डलर रहेको छ । बिजनेस इनसाइडरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment