+
+
Shares

केजरीवाललाई आपको संयोजकबाट हटाउने प्रयास !

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन १८ गते १७:५०

arvind-kejriwal

१८ फागुन, काठमाडौं । आम आदमी पार्टीले अरविन्द केजरीवाललाई पार्टीको राष्ट्रिय संयोजक पदबाट हटाउने प्रयास भइरहेको बताएको छ ।

पार्टीका नेता संजय सिंहले दिल्लीमा एक पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । तर, कसले यस्तो प्रयास गरिरहेको छ भन्ने उनले केही खुलाएनन् ।

पार्टी नेता योगेन्द्र यादव र प्रशान्त भूषणसँग अरविन्द केजरीवालको कथित मदभेदको खबरले कार्यकर्ता र जनतामा गलत सन्देश गएको सिंहले बताए ।

यागेन्द्र यादव र प्रशान्त भुषणलाई आम आदमी पार्टीबाट निकालिन्छ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा संजय सिंहले भने-कसैलाई पार्टीमा संलग्न गराउने वा हटाउने निर्णय राष्ट्रिय कार्यकारिणीको बैठकबाट हून्छ र चार तारिखमा बस्ने बैठकपछि के हुन्छ तपाईहरुले थाहा पाउनुहुन्छ ।’

भारतीय सञ्चार माध्यमहरुका अनुुसार योगेन्द्र यादव र प्रशान्त भुषण केजरीवाललाई राष्ट्रिय संयोजक पदमा कायम राख्ने पक्षमा छैनन् । यसबारे प्रशान्तले राष्ट्रिय कार्यकारिणीलाई पत्र समेत लेखेको बताइएको छ ।

संजय सिंहले कश्मीरसहितका मुद्दामा केजरीवाल र प्रशान्त भुषणको फरक फरक बिचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?