२१ फागुन, काठमाडौं । दक्षिण कोरियाका लागि अमेरिकी राजदूत मार्क लिप्पेर्टमाथि सोलमा आक्रमण भएको छ ।
ब्रेकफास्ट मिटिङमा सहभागी हुने क्रममा ४२ वर्षीय अमेरिकी राजदूतमाथि आक्रमण भएको हो । आक्रमणकारीले राजदूतको गाला र हातमा ब्लेडले काटेका छन् ।
दक्षिण र उत्तर कोरिया पुनः एकीकृत हुनु पर्ने भन्दै ५५ वर्षका एक पुरुषले उनलाई आक्रमण गरेका हुन् । आक्रमणकारीले अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको समेत विरोध गरेका छन् ।
किम नाम गरेका आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले आक्रमणकारी ब्रेकफास्ट आयोजक प्रो कोरियन रियुनिफिकेसन ग्रुपकै सदस्य भएको बताएको छ ।
अमेरिकी राजदूतलाई अस्पताल भर्ना गरिएको छ । उनी खतरामुक्त रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4