+
+

शाहरुखले भने-काठमाडौंमा पाएको मायाबाट उत्साहित छु (भिडियो र फोटो फिचरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन २५ गते १८:२१

Sharukh khan at kathmandu (11)
२५ फागुन, काठमाडौं । बलिउडका चर्चित अभिनेता शाहरुख खानले काठमाडौंमा पाएको मायाबाट आफू निकै उत्साहित रहेको बताएका छन् ।

किङ खान सोमबार दिउँसो निजी विमान चढेर काठमाडौं आइपुगेका हुन् । काठमाडौंमा उत्रिएको केही घण्टापछि उनी हायात होटलमा केहीबेरका लागि सञ्चारकर्मीहरुमाझ उपस्थित भए ।

उनले यो आफ्नो दोस्रो नेपाल भ्रमण भएको बताए । साथै उनले पूर्व निर्धारित समय हिजो आउन नसकेकोमा माफी समेत मागेका छन् ।

उनले भने-काठमाडौंमा मैले जुन मायाँ पाएको छु, त्यसले म उत्साहित छु ।’

भिडियो हेर्नुस्-

खान काठमाडौं आउन थाहा पाएर विमानस्थलसम्म समर्थकहरु पुगेका थिए ।

उनले केही समय बस्ने गरी श्रीमती र परिवारका सदस्यहरुसहित काठमाडौं आउने बाचा समेत गरेका छन् ।

काठमाडौं ओर्लिए लगतै शाहरुखले ट्वीट गर्दै आफू केही वर्षअघि नेपाल आएको र अहिले आउँदा सुखद अनुभूति भएको उल्लेख गरेका छन् ।

न्यारोल्याक पेन्ट्सको कार्यक्रममा सहभागी हुन शाहरुख नेपाल आएका हुन् । शाहरुख आज काठमाडौंमा बस्नेछन् ।

Sharukh khan at kathmandu (7)Sharukh khan at kathmandu (2)Sharukh khan at kathmandu (9)Sharukh khan at kathmandu (4)

Sharukh khan at kathmandu (6)

Sharukh khan at kathmandu (6)

sarukh khan in nepal (1) sarukh khan in nepal (2)

तस्वीरः श्रीधर पौडेल र कविन अधिकारी/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?