+
+
Shares

‘राष्ट्रसंघीय सुरक्षा परिषद असफल’

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन २८ गते १२:३१

२८ फागुन, काठमाडौं । सिरिया द्वन्द्वको चपेटामा परेका नागरिकहरुलाई सहयोग गर्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद असफल भएको एक प्रतिवेदनले निष्कर्ष निकालेको छ ।

मानवीय सहायता र मानवअधिकार सम्वन्धी २२ वटा भन्दा धेरै अग्रणी संस्थाहरुको सार्बजनिक गरेको प्रतिवेदनले सुरक्षापरिषद असफल भएको निष्कर्ष निकालेको हो ।

युद्ध पीडितहरुका लागि निर्वाध रुपमा मानवीय सहायता पुर्‍याउने सम्वन्धी आफैले तयार पारित गरेको संकल्प प्रस्ताव कार्यान्वयन पनि नभएको प्रतिवेदनमा उल्लेख छ । संकल्प प्रस्ताव कार्यान्वयन गर्न सुरक्षा परिषदमा आबद्ध विश्वका शक्तिशाली राष्ट्रहरुले नै ईच्छाशक्ति नदेखाएको प्रतिवेदनले औंल्याएको बीबीसीले जनाएको छ ।

व्रिटिश विदेशमन्त्री डेभिड मिलिव्यान्डले सिरिया संकट समाधान गर्न विश्वका राजनीतिक नेताहरुले नै प्रयास छाड्नु आश्चर्यजनक भन्दै आलोचना गरेका छन् ।

सिरियाली युद्ध चार बर्ष पुगेको सन्दर्भमा प्रतिवेदन निकालिएको हो । सो प्रतिवेदनमा गत बर्ष सिरियाली युद्ध सबैभन्दा हिंसात्मक र सर्बसाधारणको लागि पीडादायक रहेको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?