+
+
Shares

ब्राजिलमा पर्यटक सवार बस दुर्घटना, ३२ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत १ गते ९:५५

१ चैत, काठमाडौं । ब्राजिलको पहाडि इलाकामा पर्यटक सवार बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको छ । ५० जना सवार बस सान्ता कटि्रना राज्यको जोइनभिल नजिकै सडकबाट करिब ४ सय मिटर तल खसेर चट्टानमा बजारिएको छ ।
brazil-santa-caterinaबसमा सवार ३२ जनाको घटनास्थलमै मृत्यु भएको उद्धारमा खटिएका अधिकारीहरुले बताएका छन् । घटनास्थलबाट १२ जनालाई जिवितै उद्धार गरी अस्पताल भर्ना गरिएको छ । अरु यात्रुको अवस्था अज्ञात छ ।

घटनास्थलमा उद्धारका लागि हेलिकोप्टर परिचालन गरिएको छ । पहाडि इलाकाको पहरोमा बस खसेकोले उद्धारमा कठिनाइ भएको अधिकारीहरुले बताएका छन् ।

बस दुर्घटनाको कारण भने खुलेको छैन । तर ब्राजिलको एक वेबसाइटले घुम्तीमा चालकले सन्तुलन गुमाउँदा बस दुर्घटना भएको उल्लेख गरेको छ ।

ब्राजिलको पहाडि इलाकाको सुन्दर दृष्य अवलोकन गर्न जान लागेका पर्यटकहरु दुर्घटनामा परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?