+
+
Shares

मन्त्रीलाई क्यासिनो मजदुरको खवरदारी

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत १ गते १५:५८

casino-roulette१ चैत काठमाडौं । सांग्रिला क्यासिनोेका मजदुरहरुले क्यासिनोमा पुरानै कर्मचारीलाई पुनर्वहाली नगरे क्यासिनो क्षेत्रका माफिया, दलाल र भ्रष्टहरुलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री दिपकचन्द्र अमात्यलाई आइतवार ज्ञापनपत्र बुझाउँदै क्यासिनो साँगि्रला संयुक्त संघर्ष समितिले आफूहरुले उठाएका मागहरु तत्काल सम्बोधन नभए जस्तोसुकै संघर्ष गर्न पनि तयार रहेको चेतावनी दिएको हो ।

संयुक्त संघर्ष समितिका अध्यक्ष भूमिनन्द आमगाइँले बन्दपछि पुनः सुचारु भएपनि सम्पूर्ण मजदुरहरुको पूर्ण क्षतिपूर्तिसहित बहाली नगरे यस क्षेत्रका फटाहा, भ्रष्ट र मजदुरमारालाई कुनै हालतमा नछोड्ने चेतावनी दिएको बताए ।

मन्त्रालयकातर्फबाट ज्ञापनपत्र बुझ्दै मन्त्री र सचिव दुवैले गैरजिम्मेबार अभिव्यक्ति दिएको उनले बताए । पत्रमा ०७० असोज १२ गते मध्यरातमा आकस्मिक गैरजिम्मेवारी ढंगले क्यासिनो बन्द हुनु कानुनसम्मत नभएको र पुनः सञ्चालन गर्दा पुराना अनुभवी र इमान्दार मजदुरहरुलाई निष्काशन गर्नुमा ठुलै आर्थिक चलखेल भएको र मजदुरमाराहरुले गम्भीर षड्यन्त्र गरेको आरोप लगइएको छ ।

सयौं क्यासिनो मजदुरहरुले काठमाडौं जिल्ला प्रशासन कार्यालय बबरमहल अगाडि धर्ना दिएका थिए भने होटल मजदुर क्षेत्रका नेता एवं क्यासिनो मजदुरहरुले मन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?