+
+
Shares

मानिसको दिसा सुनचाँदीको खानी !

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत १७ गते १९:३०

Gold-Poop-Has-Science-Gone-Too-Farअमेरिकी वैज्ञानिकहरुले गरेको पछिल्लो अनुसन्धानले मानिसको दिसामा सुन, चाँदी तथा प्लाटिनम जस्ता बहुमूल्य धातु पाइने तथ्य पत्ता लगाएका छन् ।

शोधकर्ताहरुका अनुसार मानिसको दिसामा पाइने बहुमुल्य धातुको मात्रा व्यवसायिक खानीहरुमा भन्दा पनि बढि हुन्छ । अमेरिकी जियोलोजिकल सर्भेका शोधकर्ताहरुले निष्कर्ष निकालेका छन्, ‘एउटा मानिसको फोहोर अर्को मानिसको खजाना हो ।’

यद्यपि मानिसको दिसापिसाबको डंगुरमा सुनचाँदीको खोजी गर्ने कुरा सुन्दैमा अपि्रय लाग्नसक्छ तर वैज्ञानिक अनुसन्धानले भने दिसाबाट बहुमुल्य धातु प्रशोधन गर्ने काम निकै आकर्षक व्यवसाय बन्ने देखाएको छ ।

वैज्ञानिकहरुले ८ वर्षसम्म गरेको अनुसन्धान अनुसार मानिसको दिसामा पाइने बहुमुल्य धातुको तह व्यसायिक खानीसँगै तुलना गर्न मिल्छ । शोधकर्ताहरुका अनुसार १ किलो दिसाजन्य फोहोरबाट ०.४ मिलिग्राम सुन, २८ मिलिग्राम चाँदी, ६३८ मिलिग्राम तामा तथा ४९ मिलिग्राम भ्यानेडियम धातु निकालिएको छ ।

अमेरिकन केमिकल सोसाइटिको राष्ट्रिय बैठकका क्रममा मानिसको फोहोरबाट सुन, चाँदी लगायतका बहुमुल्य धातु समेत प्रशोधन गर्न सकिने विषयको अनुसन्धान प्रतिवेदन प्रस्तुत गरिएको हो । शोधकर्ताहरुले अमेरिकामा ढल प्रणालीको फोहोरबाट सुन प्रशोधन गर्न सफल भएका छन् । यदि यस्तो सुन खानीमा पत्थरसँगै पाइएको भए त्यसलाई पारम्परिक रुपमा व्यवसायिक प्रयोजनमा ल्याइन्थ्यो ।

शोधकर्ता क्याथलिन स्मिथका अनुसार मानिसको जैविक फोहोरबाट यसरी धातु निकाल्दा पर्यावरणमा विषालु विषालु तथा धातुजन्य पदार्थको प्रदुषण समेत कम हुन्छ । शोधकर्ताका अनुसार व्यवसायिक प्रयोजनमै प्रयोग गर्ने तबरले फोहोरबाट बहुमुल्य धातु प्रशोधन गर्न सकिने सम्भावना छ । शोधकर्ताहरुले मानव फोहोरबाट सुन, चाँदी तथा प्लाटिनम सँगै प्लाल्लाडियम, भेनेडियम जस्ता दुर्लभ धातुका साथै तामा र सिसा समेत फेला पारेका छन् ।

शोधकर्ताहरुका अनुसार अमेरिकामा हरेक वर्ष ढलको फोहोर पानीबाट ७० लाख टन ठोस फोहोर निस्कने गर्छ । जसको आधा भाग खेतबारीमा मलखादका रुपमा प्रयोग गरिन्छ भने आधा भाग जलाउने वा जमिन पुर्नमा प्रयोग हुन्छ । शोधकर्तारुहरुको अनुमान छ कि अमे।किमा ७० लाख टनसम्म फोहोर जम्मा हुन्छ । जसको आधार खेत र जंगलमा मलका रुपमा प्रयोग गरिन्छ भने आधालाई जगाउने वा जमिनको खाल्डो भर्ने काममा प्रयोग गरिन्छ । यो ठोस फोहोरलाई जलाउने वा जथाभावी प्रयोग गर्नुको साटो यसबाट धातु प्रशोधन गर्न सकिएमा करोडौँ डलर आर्जन गर्न सकिने शोधकर्ताको दाबी छ ।

शोधकर्ताहरुका अनुसार ढलमा मानव मलमुत्रसँगै विभिन्न माध्यमबाट सुनचाँदी लगायतका विभिन्न खाले धातुहरु मिसिन्छन् । विभिन्न खाले चिकित्सा उपकरण, घरासायी सरसामानमा भएका धातुजन्य पदार्थ, भुलवस ढल प्रणालीमा मिसिने धातुहरु, कस्मेटिकका सामानमा भएका धातुजन्य पदार्थ तथा कतिपय खाना तथा पेयमा हुने धातुहरु समेत ढलको फोहोरमा भेटिने धातुका श्रोतहरु हुन् ।

एउटा छुट्टै अनुसन्धान अनुसार १० लाख अमेरिकीहरुले निकाल्ने फोहोरबाट १ करोड ३० लाख डलर मूल्य बराबरको धातु निकाल्न सकिने बताएको थियो । स्मरण रहोस जापानको टोकियोमा एक ढल प्रशोधन केन्द्रले ढलको फोहोरबाट सुन प्रशोधन गर्ने कार्य सुरु गरिसकेको छ । एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?