Comments Add Comment

यस्तो छ फेसबुकको नयाँ मुख्यालय

facebook-office-5विश्वको नम्बर वान सोसल नेटवर्किङ कम्पनी फेसबुकको मुख्यालय कस्तो होला ? धेरैको मनमा यस्तो जिज्ञासा हुनु स्वभाविक हो । आज हामी तपाईंलाई फेसबुकले हालै स्थापना गरेको नयाँ भब्य मुख्यालयको भर्चुअल टुर गराउँदैछौ ।

झट्ट हेर्दा नयाँ मुख्यालय सपनाको संसार भन्दा कम छैन । यो उच्च कलात्मक प्रतिरुप, २१ औँ सताब्दीको कर्पोरेट सोँच तथा बालबालिकाको दिवास्वप्नको सम्मिश्रण जस्तै लाग्छ ।

अमेरिकाको क्यालिफोर्नियास्थित मेन्लोपार्कको आफ्नो पूरानो अड्डाबाट फेसबुक हालै आफ्नो नयाँ मुख्यालयमा अड्डासार गरेको छ । ४ लाख ३० हजार वर्ग फुट क्षेत्रफलमा फैलिएको फेसबुकको नयाँ हेडक्वाटरको कम्प्लेक्स चर्चित भवन डिजाइनर फ्रान्क गेहरीले गरेका हुन् ।

आधुनिक कला तथा फर्निचरले युक्त यो कम्प्लेक्स कुनै संग्राहलय जस्तो लाग्छ । फेसबुकको यो मुख्यालयभित्र ९ एकडको रुफटप पार्क छ । कम्तिमा एउटा मिटिङ रुम छ जुन बहुरंगी छ ।

facebook-office-1

फेसबुकका संस्थापक तथा सिइओ मार्क जुकरबर्गले आफ्नो फेसबुक पोष्टमा फेसबुकको औपचारिक अड्डासारको विषयमा औपचारिक खुलासा गरेका छन् । उनले यो मुख्यालय विश्वकै सबैभन्दा ठूलो ओपन फ्लोर प्लान रहेको बताएका छन् । जसले टेक तथा अन्य उद्योगमा कार्यरत कर्मचारीबीच सहकार्य प्रवर्धन भैरहेको प्रवृत्तिलाई इंगित गर्छ ।

फेसबुकको मुख्यालमा २८ सय मानिस अट्न सक्ने बताइएको छ । केही कर्मचारीहरु अहिले पनि पूरानो भवनबाट नयाँ अड्डामा सर्ने क्रम जारी रहेको हुँदा फेसबुकले आफ्नो नयाँ अड्डाको औपचारिक रुपमा धेरै तस्वीरहरु सार्वजनिक गरेको छैन । तर, कर्मचारी तथा आगन्तुकहरुले भने एकपछि अर्को गर्दै फेसबुकको नयाँ मुख्यालयका भव्य तस्वीरहरु इन्टरनेटमा पोष्ट गरिरहेका छन् ।

यद्यपि सामान्य मान्छेको कल्पनाले समेत नभ्याउने खालको मुख्यालय परिसर तयार गर्ने फेसबुक एक्लो महारथी भने होइन । अर्को टेक जाएन्ट एप्पलले समेत अहिले आफ्नो नयाँ मुख्यालय निर्मण गरिरहेको छ जुन कुनै अन्तरीक्ष केन्द्रभन्दा फरक छैन । गुगलले पनि यस्तै चमत्कारी मुख्यालय निर्माणको योजना तयार गरेको छ ।

facebook-office-3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment