Comments Add Comment

फेसबुकले सुरु गर्यो ‘इतिहासमा आज’, एक वर्षअघिको झल्को मेटिने

face-bookसोसल नेटवर्किङ साइट फेसबुकले एक नयाँ फिचर सार्वजनिक गरेको छ जसले तपाइँलाई आफ्ना बितेका पलहरुको झल्को दिलाउनेछ ।

‘अन दिस डे’ अर्थात् ‘आजको दिनमा’ नामको उक्त फिचरको माध्यमबाट प्रयोगकर्ताहरुले ठ्याक्कै आजको दिनमा अघिल्लो वर्षमा आफुले फेसबुक वालमा के कुरा पोष्ट गरेको रहेछु ? भनेर देख्न पाउँछन् ।

फेसबुकले केही वर्षअघि देखिनै यस्तो फिचरको परीक्षण गरिरहेको भएपनि बल्ल यसलाई आधिकारिक रुपमा लन्च गरेको हो ।

यो फिचरका माध्यमबाट फेसबुक प्रयोगकर्ताले हरेक दिन ठ्याक्कै एक वर्षअघिका घटनाक्रमको अपडेट प्राप्त गर्नेछन् । यसमा आफैले गरेका स्टाटस अपडेट तथा आफैले शेयर गरेका तस्वीरका साथै आफुले शेयर गरेका साथीहरुका स्टाटस र आफुलाई ट्याग गरिएका सामाग्रीहरु देख्न सकिनेछ ।

यसप्रकारले फेसबुकका प्रयोगकर्ताले आफ्ना बितेका यादलाई ताजा बनाउन सक्नेछन् । तर फेसबुकले नमीठा यादहरु भने ताजा गराइदिने छैन । पोहोर साल सम्बन्धमा रहेको तर अहिले ब्रेकअप फैसकेको मान्छेका मात्र होइन मृत्यु भैसकेको मान्छेसँग सम्बन्धित कुराहरुलाई समेत यो फिचरले देखाइदिनेछैन ।

टेकक्रन्चका अनुसार यो यो फिचरबाट पैसा कमाउने उद्धेश्य आफुले नराखेको फेसबुकले दाबी गरेको छ । तथापि मानिसहरुलाई फेसबुकको न्यूज फिडसँग जोडिराख्ने र फेसबुकमै व्यस्त बनाइराख्ने योजना भने अवश्य पनि हो ।

यो फिचरको प्रयोग गर्नका लागि फेसबुक प्रयोगकर्ताले आफ्नो होमपेजको बायाँ भागमा रहेको अन दिस डे भन्ने अप्सनमा क्लिक गर्नुपर्छ । त्यस्तै फेसबुकको सर्चमा गएर अन दिस डे लेखेर समेत सर्च गर्न सकिन्छ । त्यसरी आउने पेजमा एक वर्षअघिका कुरा देख्न सकिन्छ र त्यसलाई पुनः शेयर पनि गर्न सकिन्छ । उक्त पेजमा ‘गेट नोटिफिकेसन’ भन्ने अप्सन उपलब्ध छ । जसलाई साइन अप गरेर तपाइँले आफ्नो न्यूज फिडमा दैनिक रुपमा ‘इतिहासमा आज’ को नोटिफिकेसन पाउन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment