+
+
Shares

मोबाइल एक्स्पोको तयारी पुरा, दर्जन मोबाइल सार्वजनिक गरिँदै

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत २५ गते १५:१९

CTC Mobile Bazzar (13)

२५ चैत, काठमाडौं । राजधानीको सिटिसी मलमा आयोजना हुन लागेको सामसुङ मोबाइल एक्स्पोको तयारी पुरा भएको छ । मेला चैत २७ देखि बैशाख ५ गतेसम्म सञ्चालन हुने बताइएको छ ।

सिटिसी मलले आयोजना गर्न लागेको मेलाका सम्पूर्ण स्टलहरु तयार भइसकेका छन् । साथै, मेला अबधिभर बिक्री वितरण गरिने मोबाइल तथा एशोसरिज पनि आइसकेको बताइएको छ ।

सिटिसी मललाई इलेक्ट्रोनिक्स हबको रुपमा प्रबर्द्धन गर्न नयाँ बर्षको अवसर पारेर मोबाइल मेला आयोजना गर्न लागिएको हो । मेलामा निःशुल्क प्रबेशको व्यवस्था गरिएको छ ।

मलको तेस्रो, चौथो र पाँचौ तल्लामा मेला आयोजना गर्न लागिएको हो । मेलामा सहभागी पसलहरुले उपभोक्ताका लागि आ-आफ्नै किसिमले छुट अफर ल्याएका छन् ।

उपभोक्तालाई छुटैछुट

‘सुचना प्रबिधिको नयाँ आधार, सबैका लागि सिटिसी मोबाइल बजार’ नारासहित सुरु हुन लागेको मेलामा ‘नझुक्याउने पक्का पर्ने’ अफरहरु राखिने भएको छ ।  हरेक घण्टामा ५५ प्रतिशत क्यास ब्याक अफर, प्रत्येक मोबाइलको खरिदमा ८ देखि ५५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको आयोजकले जनाएको छ । साथै, लक्की ड्र गरि दैनिक ५ वटा मोबाइल वितरण गरिने छ ।

एसएलसी दिएकालाई बिशेष अफर

मेलामा एसएलसी दिएर बसेका बिद्यार्थीलाई प्रबेशसँगै लक्की ड्र मा समावेश गरेर दैनिक एकवटा मोबाइल जित्ने अवसर प्रदान गरिने भएको छ । यसका लागि विद्यार्थीहरुले एसएलसीको प्रवेशपत्र अनिवार्य ल्याउनुपर्ने हुन्छ ।

एनसेलको पनि अफर

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले एक सीम किन्दा अर्को सीम सित्तैमा दिने व्यवस्था मेलामा गर्दै छ । साथै, ग्राहकहरुलाई उपहार किट पनि वितरण गर्ने तयारीमा एनसेल छ ।

नयाँ मोबाइल र प्रविधी

मेलामा सामसुङ, माइक्रोम्याक्स, कलर्स, जियोनी, बर्ड मोबाइल लगायतले आफ्ना नयाँ मोबाइल सार्वजनिक गर्ने घोषणा गरिसकेका छन् । दर्जन बढी मोबाइल सार्वजनिक गरिने मेलामा आधुनिक प्रविधिका मोबाइल, ट्याब्लेट, फ्याब्लेट, आइप्याड, आइफोन तथा मोबाइल एशोसरिजहरु बिक्री वितरण हुनेछन् ।

CTC Mobile Bazzar (5)

सवा लाखसम्मका मोबाइल

मोबाइल बजारले गर्न लागेको मेलामा एक हजार रुपैयाँदेखि ए लाख रुपैयाँसम्म पर्ने मोबाइल सेटहरु उपलब्ध हुनेछन् ।

कुन तल्लामा के छ ?

मलको तेस्रो तल्लामा फुडकोर्ट, गेमिङ जोन, टच एण्ड फिल जोन, फेस पेन्टिङ लगायतका स्टलहरु रहनेछन् । चौथो तल्लामा ५० भन्दा बढी मोबाइल पसल रहने बताइएको छ । यही तलाको चारै कर्नरमा बिभिन्न कम्पनीले आफ्नो स्टल राखी अबलोकनकर्तालाई आफ्ना प्रडक्टका बारे जानकारी दिनेछन् ।

यसैगरि पाँचौ तल्लामा ४० भन्दा बढी मोबाइल स्टलहरु रहनेछन् भने पानासोनिक र कार्बनको सर्भिस सेन्टर रहने छ । सिटिसी मलको ग्राउण्ड फ्लोरमा बिभिन्न कम्पनीले टच एण्ड फिल गराउँदै मेला अबधीभर मनोरञ्जनात्मक गेम खेलाउने छन् ।

एसएलसी उत्कृष्ट दुइलाई स्मार्टफोन

एसएलसी दिएर बसेका विद्यार्थीमध्ये उत्कृष्ट नतिजा ल्याउने एक छात्र र एक छात्रालाई ५० हजार भन्दा बढीको स्मार्टफोन प्रदान गरिने बताइएको छ ।

छात्रवृतिको घोषणा

सिटिसी मोबाइल बजारलेे मुनाफा रकमबाट केहि बचाएर ५ जनालाई १ कक्षा देखि १० कक्षासम्म निःशुल्क पढाउने छात्रबृति योजना ल्याएको छ । यो छात्रवृति योजनाको नाम ‘सिटिसी मोबाइल बजार छात्रवृति योजना’ रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?