Comments Add Comment

एकै दिन २१ लाख थान स्मार्टफोन बेचेर चिनियाँ साओमीले बिश्व रेकर्ड बनायो

rise-of-xiaomi-3चिनियाँ एप्पलको नामले समेत चिनिने बिश्वको तेस्रो ठूलो स्मार्टफोन उत्पादक साओमीले एकै दिन २१ लाख २० हजार थान स्मार्टफोन बेचेको छ ।
हालै साओमीले आफ्नो पाँचौ बाषिर्क उत्सवको अबसर पारेर ‘मी फ्यान फेस्ट’ नामक सेल्स अभियान चलाएको थियो । जसमा २४ घण्टाको अबधिमा साओमीले २१ लाख २० हजार थान स्मार्टफोनफोन बेचेर २४ घण्टामा सवैभन्दा धेरै स्मार्टफोन बिक्रिको गिनिज बुक रेडर्क कायम गरेको छ ।
सो अभियान अन्र्तगत साओमीले ७ लाख ७० हजार थान स्मार्ट होम अप्लाइन्सेस र २ लाख ४७ हजार थान पावर स्टि्रप्स बेचेको हो ।
यसैगरी साओमीले २ लाख ८ हजार थान फिटनेस वाच, ७९ हजार थान वाईफाई युनिट र ३८ हजार थान स्मार्ट टेलिभिजन बिक्रि गरेको छ ।
एप्पल र सामसुङकै गुणस्तरका फोन निकै सस्तोमा बेच्ने यो कम्पनी छोटो समयमै लोकपि्रय बन्दै चीनमा पहिलो स्थानमा आएको छ । ‘मी’ ब्राण्डमा स्मार्टफोन उत्पादन गर्ने साओमीले पछिल्लो समय फोनमात्र नभई सवै खाले कन्जुमर इलेक्ट्रोनिक आइटम र गो-प्रो स्टाइलका क्यामेरामा समेत आफुलाई केन्द्रीत गर्दै आइरहेको छ ।
यही बर्षमात्र साओमीको मूल्याङ्कन ४५ अर्ब डलर बराबर भएको थियो । यस अर्थमा साओमी संसारको सवैभन्दा मूल्यवान स्टार्टअप पनि हो ।
-एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment