+
+

रेशले गरे सुटुक्क इन्गेजमेन्ट, बिहे अमेरिकामा

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत २९ गते १०:००

resh-and-aashmi
नेपाली चलचित्रमा ह्यान्डसम नायकको रुपमा चिनिएका रेश महरठ्ठा बिबाह बन्धनमा बाँधिने तयारीमा लागेका छन् । उनले शनिबार मात्र प्रेमिका आश्मी अधिकारीसँग इन्गेजमेन्ट गरेका हुन् ।

हिमालय होटलमा आयोजना गरिएको कार्यक्रममा सिमित मानिसहरुको उपस्थितीमा उनले प्रेमिकालाई दुलही बनाउने तयारी गरेका हुन् । रेशले केही समयअघि अनलाइनखबरसँग कुरा गर्दै आफ्नी प्रेमिका भएको बताएका थिए ।

विगत ३ बर्षदेखि प्रेममा रहेका रेश र आश्मीले चलचित्र क्षेत्रका कोही पनि चलचित्रकर्मीलाई नबोलाई इन्गेजमेन्ट गरेका हुन् । आश्मी पीएचडी गर्नका लागि अमेरिका जाने तयारीमा लागेकी छिन् । उनीहरुले आउँदो एक बर्ष भित्रमा बिहे गर्ने बताएका छन् ।

रेशले बिहे अमेरिकामा नै गर्ने सोचमा रहेको बताए । नेपाली चलचित्र क्षेत्रमा आधा दर्जन बढी चलचित्रमा अभिनय गरेका रेशले निर्माण गरेको चलचित्र ‘च्यालेञ्ज’ हो । उनले अभिनय गरेको चलचित्र ‘मिसन पैसा २’ डेढ महिना अगाडि मात्र प्रदर्शनमा आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?