+
फिफा विश्वकप २०२६ :

आमा र परिवारको अगाडि गोल गर्न पाउनु एउटा सपना पूरा हुनु हो: यमाल

२०८३ असार  ८ गते ०:५८ २०८३ असार ८ गते ०:५८

साउदी अरेबियाविरुद्ध गोल गरेपछि १८ वर्षीय स्टार यमालले सुरुवाती खेलाडीको रूपमा आफ्नो पहिलो खेलमै गोल गर्न पाउनु एउटा सपना जस्तै भएको बताएका हुन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्पेनका १८ वर्षीय फरवार्ड लामिन यमालले साउदी अरेबियाविरुद्ध गोल गर्दै आमा र परिवारको अगाडि खेल्ने सपना पूरा भएको बताएका छन् ।
  • उनले "मैले अघिल्लो विश्वकप कक्षाकोठाबाट हेरेको थिएँ" भन्दै मैदानमा आमा र परिवारको अगाडि गोल गर्न पाउनु सपना पूरा भएको उल्लेख गरे ।
  • यमाल र मिकेल ओयार्जाबलले गोल गरेको खेलमा स्पेनले साउदी अरेबियालाई ४–० ले पराजित गरेको छ ।

७ असार, काठमाडौं । स्पेनका फरवार्ड लामिन यमालले आमा र परिवारको अगाडि गोल गर्न पाउनु एउटा सपना पूरा भएको बताएका छन् ।

साउदी अरेबियाविरुद्ध गोल गरेपछि १८ वर्षीय स्टार यमालले सुरुवाती खेलाडीको रूपमा आफ्नो पहिलो खेलमै गोल गर्न पाउनु एउटा सपना जस्तै भएको बताएका हुन् । उनले विश्वकपमा पहिलो गोल गरेका हुन् ।

‘मैले अघिल्लो विश्वकप कक्षाकोठाबाट हेरेको थिएँ । त्यसैले रंगशालामा मेरी आमा र परिवारको अगाडि यहाँ गोल गर्न पाउनु मेरा लागि एउटा सपना पूरा हुनु हो,’ उनले भने ।

यमालले गोल गरेको उक्त खेलमा स्पेनले साउदीलाई ४–० ले पराजित गरेको थियो । पहिलो हाफमै ३ गोल गरेपछि गोल गर्ने यमाल र मिकेल ओयार्जाबललाई रेष्ट दिइएको थियो । योजनाअनुसार नै आधा समय खेलेको यमालले बताए ।

‘हाम्रो योजना नै आधा समय खेल्ने, केही समय आराम गर्ने, तर सबैभन्दा महत्वपूर्ण कुरा टोलीलाई मद्दत गर्ने थियो,’ उनले भने, ‘पहिलो खेल वास्तवमै हाम्रो जस्तो हुन सकेको थिएन । तर अहिले हामी लयमा फर्किएका छौँ र अझ अगाडि बढ्ने लक्ष्य राखेका छौँ ।’

केप भर्डेविरुद्धको खेलले टोलीलाई सोच्न बाध्य बनाएको यमालले सुनाए । ‘जित्नुपर्ने जस्तो लागेको खेल बराबरीमा रोकिँदा मन दुख्छ । त्यसले हामीलाई धेरै सोच्न बाध्य बनायो, र हामीले यो खेललाई जसरी अगाडि बढाउन चाहन्थ्यौँ । ठ्याक्कै त्यसै गरी अघि बढाउन मद्दत गर्‍यो,’ उनले भने ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय