+
+

धुर्मुस र सुन्तली विदेशमा पैसा जुटाउँदै  

वाशिंगटन डिसी । पशुपतिको यात्रा सिद्राको ब्यापार झैँ भएको छ चर्चित हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लाई अमेरिकामा ।

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख १ गते ८:३३

विजय थापा

वाशिंगटन डिसी । पशुपतिको यात्रा सिद्राको ब्यापार झैँ भएको छ चर्चित हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लाई अमेरिकामा ।

dhurmus-suntaliअप्रिल २ तारिख अमेरिकाको भ्रमणमा २०७२ नयाँ वर्ष धमाका भाग-१ लिएर सवा दुई महिनाको कार्यक्रममा अमेरिका आई पुगेका यी जोडीले कार्यक्रम प्रदर्शनसँगै देश सफा गर्ने अभियानलाई पनि सशक्त रुपमा व्यापक प्रचार प्रसार गर्न सफल भएका छन् ।

उनीहरुको देश सर सफाई अभियानले नेपाली समुदायमा राम्रो प्रभाव पार्न थालेको छ । अप्रिल ४ देखि अप्रिल १२ सम्म अमेरिकाको विभिन्न राज्यहरुमा गरेको २०७२ नया बर्ष धमाका कार्यक्रमसँगै नेपाली समुदायले सफाइ अभियानलाई राम्रो आर्थिक सहयोग प्राप्त भै रहेको सिताराम कट्टेल बताउँछन् ।

भर्जिनिया, बोस्टन तथा टेक्सास राज्यका बिभिन्न शहरहरु गरी ५ स्थानमा गरिएको कार्यक्रममा देश बनाउने उदेश्यका लागि भनि नेपाली समुदायले स्वतःस्फुर्त रुपमा व्यापक आर्थिक सहयोग गर्दै अहिले सम्म करिब १३ लाख प्राप्त भएको बताए ।

धुर्मुस’ र ‘सुन्तली’ ले कार्यक्रमको अतिरिक्त सरसफाइ अभियानलाई व्यापक सचेतना गरी रहेका छन् भने देश सरसफाइ अभियानलाई अमेरिकामा रहेका नेपाली समुदायले पनि उत्तिकै अभिरुची देखाई आर्थिक सहयोग गरेका छन् ।

नेपालको सरसफाइमा प्रत्यक्ष रुपमा संलग्न हुने भएकोले त्यो पैसाको दुरूपयोग हुने छैन भन्ने विश्वास अमेरिकामा रहेका नेपाली समुदायलाई भएकोले छोटो अवधिमा पनि यति रकम उठाउन सकेकोमा हर्ष लागेको कट्टेल बताउदछन् ।

धुर्मुस अगाडी भन्छन्– हामी जुनको दोश्रो हप्ता सम्म अमेरिकामा हुनेछौ l नेपाली समुदायले धेरै सहयोग गर्ने छन् भन्ने विश्वास राखेका छौ l हामी सबै नेपाली समुदायसँग देश सफाइ गर्ने अभियानको चर्चा परिचर्चा चलाउने छौं ।

नेपाली समुदायले हाम्रो यो अभियानलाई होस्टेमा हैंसे गर्नु हुन्छ भन्ने हामीलाई विश्वास लागेको छ, सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ एक साथ बताउँछन् ।

‘देश बनाउने जिम्मा हामी सबैको हो, हामी अमेरिका पछि अस्ट्रेलिया पनि जाने योजना रहेको छ,’ धुर्मुसले भने, ‘अन्य देशमा पनि यो अभियानलाई सशक्त रुपमा हामी अगाडी बढाउने छौ ।’

देश सरसफाई अभियानको मूल नारा “सबै जना सबै दल, सरसफाइमा लगाऊ बल” भन्ने रहेको धुर्मुसले बताए  ।  राजनैतिक परिवर्तनको लागि पटक पटक सडकमा आउनु भयो, अब देश परिवर्तनका लागि एक पटक जुट्न सम्पूर्ण नेपालीहरुलाई हामी जोडी (धुर्मुस र सुन्तली)आब्हान गर्दछौ ।

नेपालको सरसफाईमा सहयोग गर्न चाहन राख्ने सबै नेपाली समुदायलाई हामी यो कामको जिम्मेवार लिन चाहन्छौ भन्दै सबैलाई आब्हान गर्न चाहेको उनीहरूले बताए ।

नेपाल सरकारले सरसफाई अभियानको सद्भाव दुत बनाई हामीलाई उच्च सम्मान दिएको छ l हामीले पनि उक्त जिम्मेबारीलाई शिरोधार्य गर्दै हामी पनि अग्रगामी दिशामा बढी रहेका छौ भन्दै छोटो समयमा हामीले केही काम पनि गरेर देखाउने मौका पाएका छौ, धुर्मुस भन्छन् ।

सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लाई नेपाल सरकारले उप-सचिव सरहको सेवा र सुविधा दिएर यो अभियानको ‘सद्भावना दुत’ बनाएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?