+
+
Shares

स्लिम बनाइदिने मोबाइल एप

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख २ गते ८:४०

visualiseअब हुँदा हुँदा मोटो मानिसलाई स्लिम बनाइदिने मोबाइल एप समेत आएको छ । भिजुअलाइज यु ख्ष्कगबष्शिभ थ्यग नामक स्मार्टफोन एपले मान्छेलाई दैनिक कार्यतालिकामा कुनै परिवर्तन नै नगरीकन स्लिम तथा स्मार्ट बनाइदिने दाबी गरिएको छ ।

वास्तवमा यो एपले तपाइँको वास्तविक तस्वीरलाई प्रोसेसिङ गर्नेछ अनि तपाइँ यदि अहिलेको भन्दा १० किलो जति कम तौलको भएको भए यस्तो देखिनुहुन्थ्यो भनेर सुधारिएको तस्वीर तयार गरिदिनेछ । यसबाट प्रयोगकर्तामा वजन घटाउँदा आफु निकै स्मार्ट देखिने कुराको महसुस हुने र त्यसले वजन घटाउन प्रेरणा मिल्ने बताइएको छ ।

एप डिजाइनरहरुका अनुसार यो एपमा चिकित्सकीय रुपमा प्रमाणित वैज्ञानिक विधिको प्रयोग गरिएको छ जसले व्यक्तिको तौल कति घटबढ हुँदा उसको विद्यमान जिउडालमा कस्तो परिवर्तन हुन्छ भन्ने कुरा तस्वीरमार्फत नै देखाउँछ ।

यस प्रकारका अन्य केही एपहरु समेत प्रचलनमा रहेका भएपनि त्यस्ता एपहरुमा तौलको घटबढ अनुसारको जिउडाल तयार गर्ने वैज्ञानिक विधिको प्रयोग गरिएको थिएन र सामान्य रुपमा तस्वीरलाई तन्काउने वा खुम्चाउने गरिन्छ । तर यो एपले भने कति तौल घटाउन आवश्यक छ तथा सम्भव छ र त्यति तौल कम गर्दा जिउ कस्तो बन्दछ भन्ने कुराको वैज्ञानिक तस्वीर तयार पार्दछ ।

यो एप प्रयोग गर्न पनि सजिलो छ । पोट्रेट साइजको आफ्नो तस्वीर खिच्नुहोस् र उक्त तस्वीरलाई भिजुअलाइज यु एपमा हाल्नुहोस् । त्यसका साथै तपाइँको उचाइ, तौल तथा कति वजन घटाउन चाहेको हो भन्ने कुरा पनि उल्लेख गर्नुहोस् । त्यति गरिसकेपछि उक्त एपले तपाइँको तस्वीरमाथि छाँटकाँट सुरु गर्छ र छिनभरमै तपाइँले घटाउन चाहेको वजन घटाइदिएर तपाइँको नयाँ स्वरुप तयार पारिदिन्छ ।

साथै तौल बढाउन चाहनेका लागि समेत यो एपले सहयोग गर्छ । अहिलेको भन्दा कति वजन बढाउँदा जिउ कस्तो बन्दछ भनेर समेत यो एपबाट हेर्न सकिन्छ । यसका साथै यो एपमा व्यायाम तथा पोषण सम्बन्धि जानकारी तथा निर्देशिका समेत उपलब्ध रहेको छ ।

अमेरिकाको कोलोराडो विश्वविद्यालय तथा क्लेभल्याण्ड क्लिनिकसँगको सहकार्यमा भिजुअल हेल्थ सोलुसन कम्पनीले यो एपको निर्माण गरेको हो ।

यद्यपि यो एप निशुल्क भने छैन । आइओएस तथा एन्ड्रोइड दुबै प्लेटर्फममा उपलब्ध यो एप डाउनलोड गर्न २ डलर शुल्क तिर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?