Comments Add Comment

एप्पल म्याकबुकको अनौठो फिचरः चार्ज गर्न बिजुलीमा जोडिराख्न नपर्ने

Macbook-and-Mophie-Charger

एप्पलले अहिले आफ्नो नयाँ ग्याजेटबाट उपभोक्ताको खल्ती रित्ताउँदैछ, त्यो ग्याजेट हो नयाँ म्याकबुक । यो म्याकबुकको बारेमा विभिन्न प्रकारका टिकाटिप्पणी भैरहेका छन् र धेरैको मत छ की यो म्याकबुक नै भविष्यको ल्यापटप हो ।

सुन्दर रेटिना डिस्प्ले तथा पातलो र हलुका डिजाइन, सबैभन्दा आकर्षक पक्ष हुन् म्याकबुकका । तर, एउटा मात्र युएसबी-सी पोर्ट हुनु यसको सबैभन्दा ठूलो कमजोरी, जसको तिब्र आलोचना भैरहेको छ ।

ग्याजेट पण्डित तथा उपभोक्ताहरु मध्ये धेरैको एउटै गुनासो छ, म्याकबुकमा एउटा मात्र युएसबी सी पोर्ट पर्याप्त भएन । र, अर्को कुरा विद्यमान युएसबी डिभाइसलाई डोंगल्सको सहायताले कनेक्ट गर्नु सबैभन्दा झर्को लाग्दो काम ठान्छन् उपभोक्ताले । थप डोंगल्स खरीद गर्नु भनेको अतिरिक्त पैसा खर्चिनु नै हो ।

म्याकबुकबाट म्याग्नेटिक म्याग सेफ चार्जर हटाइएको बारेमा धेरैले असन्तुष्टि व्यक्त गरिरहेका छन् । तर, यसको उज्यालो पाटो पनि छ ।
युएसबी सी भनेको भर्सेटाइल कनेक्टर हो । यसबाट डाटा ट्रान्सफर, भिडियो आउटपुटका साथै ब्याट्री चार्ज सबै गर्न सकिन्छ । त्यसैले एउटै प्वालबाट सबै काम गर्न पाउनु अवश्य पनि राम्रो कुरा हो ।

आइप्याड र आइफोनमा जस्तै म्याकबुकलाई पनि ब्याट्री प्याकको सहायताले चार्ज गर्न सकिन्छ, जुन १० डलर जतिमा किन्न सकिन्छ ।
म्यागसेफ जुन एप्पललको मात्र मौलिक प्रविधि हो तर, युएसबी सी भनेको सर्वव्यापी हो । यही पोर्ट भएकै कारण म्याकबुकलाई आइफोन जस्तै पोर्टेबल ब्याट्री प्याकबाट चार्ज गर्न सम्भव भएको हो ।

एप्पललका अनुसार नयाँ म्याकबुकको ब्याट्री आयु उच्च छ र एकपटक पूरा चार्ज गरेपछि ९-१० घण्टा चार्ज टिक्छ । उच्च क्षमतायुक्त ब्याट्रीप्याकको सहायताले म्याकबुकको ब्याट्री लाइफ अझै बढाउन सकिन्छ ।

म्याकबुक एकपटक चार्ज गरेपछि अमेरिकाको एक कुनाबाट अर्को कुनामा हवाइ जहाज चढेर पूरै यात्रा गरुन्जेल चलाउन सकिन्छ । तर, अमेरिकादेखि एसियासम्मको यात्रा सकुन्जेल भने ब्याट्री टिक्दैन । हुन त आजकल धेरै जहाजहरुको सिटमै युएसबी पोर्ट हुन्छ । तर, यदि भएन भने पनि पोर्टेबल ब्याट्री प्याकले म्याकबुक चार्ज गरेर मज्जाले यात्राभर चलाउन सक्नुहुन्छ ।

लामो समयसम्म एकैठाउँमा बसेर काम गर्नुपर्ने तथा बिजुली नभएको फिल्डमा गएर लामो समय काम गर्नुपर्ने व्यवसायिक फोटोग्राफरका लागि पनि यो म्याकबुक र ब्याट्री प्याक निकै नै उपयुक्त ग्याजेट संयोजन हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment