Comments Add Comment

नोकियाले १६ अर्ब डलरमा किन्यो अल्काटेल मोबाइल

nokia-alcatel-lucent

कुनै बेलाको मोबाइल बादशाह फिनिस कम्पनी नोकियाले फ्रान्सेली मोबाइल उत्पादक कम्पनी ‘अल्काटेल’ खरिद गरेको छ ।
मोबाइल इक्वीपमेन्ट तथा स्मार्टफोन उत्पादक कम्पनी अल्काटेललाई नोकियाले १६ अर्ब ६० करोड डलरमा खरिद गर्न लागेको फ्रान्सेली समाचार संस्था एएफपीले जनाएको छ ।

दुवै कम्पनीको बोर्डले खरिद बिक्रि सम्बन्धी निर्णय अनुमोदन गरिसकेका छन् ।

कुनै बेला बिश्वको सवैभन्दा ठूलो मोबाइल फोन उत्पादक कम्पनी नोकिया पछिल्ला दिनमा ओरालो लागिरहेको थियो । दुई बर्षअघि झण्डै ७ अर्ब डलरमा आफ्नो मोबाइल युनिट माइक्रोसफ्टलाई बेचेपछि नोकिया स्मार्टफोनको दौडबाट बाहिरिएको थियो ।

nokia-alcatel-lucent-buy-videoSixteenByNine
नयाँ डिलले नोकियालाई मोबाइल इक्वीपमेन्ट उत्पादनमा बिश्वकै दोस्रो ठूलो कम्पनी बनाइदिने छ । अहिले बिश्वको टेलिकम इक्वीपमेन्ट बजारमा स्वीडिस कम्पनी इरिक्सन पहिलो नम्बरमा छन भने चिनियाँ कम्पनी हुवावेले कडा टक्कर दिइरहेको छ ।

अल्काटेलले अमेरिकी कम्पनी लुसेन्टसँग मिलेर अहिले मोबाइल इक्वीपमेन्ट निर्माण गरिरहेको छ । साथै उसले चिनियाँ कम्पनी टीसीएलसँगको साझेदारीमा स्मार्टफोनसमेत उत्पादन गर्दै आएको छ । अल्काटेल ब्राण्डका मोबाइल नेपालमा समेत बिक्रि हुन थालेको छ ।

नोकियाका प्रमुख कार्यकारी अधिकृत राजिभ सुरीले बिगतका गल्तीबाट पाठ सिक्दै अल्काटेलसँगको साझेदारीलाई सफलतामा लैजाने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment