Comments Add Comment

सामसुङ ग्यालेक्सी ‘एस-६’ नेपाल भित्रियो, मूल्य ७८ हजार

Samsung Gyalexy S6 and S6 Edge (5)
३ वैशाख, काठमाडौं । बहुप्रतिक्षित स्मार्टफोन सामसुङ ग्यालेक्सी ‘एस-६’ र एस-६ इज’ नेपाली बजारमा भित्रिएको छ । सामसुङ इलेक्ट्रोनिक्स कोरियाका उपाध्यक्ष वान र सामसुङ नेपालका प्रमुख प्रणयरत्न शाक्यले बिहीबार काठमाडौंमा भव्य समारोहबीच दुबै स्मार्टफोन सार्वजनिक गरे ।

नेपाली बजारमा ‘एस-६’को मूल्य ७७ हजार ९ सय रुपैयाँ र ‘एस-६ इज’को ९४ हजार ९ सय रुपैयाँमा तोकिएको छ । कम्पनीले नेपालमा ३२ जीबी आन्तरिक स्टोरेज भएका स्मार्टफोन भित्राएको हो । दुबै स्मार्टफोन विभिन्न चार कलरमा उपलब्ध हुनेछन् ।

सामसुङले विश्वकै सबैभन्दा उच्चस्तरीय प्रविधि प्रयोग गरेर नयाँ स्मार्टफोन बजारमा ल्याएको उपाध्यक्ष वानले बताए । यी स्मार्टफोन प्रयोग गर्दा उपभोक्ताले नौलो अनुभव गर्ने उनको दाबी छ ।

यस्ता छन् सुविधाहरु

५.१ इञ्च क्वाड एचडी सुपर एमोलेड स्कि्रन भएको स्मार्टफोनमा मेटल कभर प्रयोग गरिएको छ । दुबै स्मार्टफोनमा समान किसिमका फिचरहरु भएपनि ‘एस-६ इज’को छेउमा घुमाउरो स्क्रिन रहेको छ । जसले गर्दा छेउबाट पनि कन्ट्याक्ट, नोटिफिकेसन, भिडियो र फोटोहरु हेर्न सकिन्छ ।

Samsung Gyalexy S6 and S6 Edge (10)

दुबै स्मार्टफोनमा २.१ गीगाहर्ज लअक्टाकोर प्रोसेस प्रयोग गरिएको हुँदा उच्च गतीमा चल्ने बताइएको छ । एन्ड्रोइड ५.०.२ ललिपप अपरेटिङ सिष्टम भएको स्मार्टफोनमा ३२ जीबी आन्तरिक मेमोरी र ३ जीबी र्‍याम रहेको छ ।

उत्कृष्ट क्यामेरा

स्मार्टफोनको सबैभन्दा आकर्षक पक्ष यसमा रहेको क्यामेरा हो । दुबै स्मार्टफोनको पछाडि १६ मेगापिक्सेल र अगाडि ५ मेगापिक्सेल क्यामेरा राखिएको छ । जसबाट उच्चस्तरीय फोटो तथा भिडियोहरु कैद गर्न सकिन्छ ।

पछिल्लो समय बढ्दै गइरहेको सेल्फी कल्चरलाई ध्यान दिँदै अगाडि उच्च क्षमताको क्यामेरा राखिएको हो । सेल्फी फोटो खिच्न चाहानेहरुका लागि यी स्मार्टफोन सबैभन्दा उपयूक्त हुने विश्वास कम्पनीको छ ।

दुबै स्मार्टफोनमा क्विक लञ्च फिचर भएको हुँदा होम बटन थिचेको ०.७ सेकेन्डमा क्यामेरा खुलिसक्छ । जसले गर्दा हतारमा समेत उत्कृष्ट फोटो खिच्न सकिनेछ ।

Samsung Gyalexy S6 and S6 Edge (3)

क्यामेरामा ट्रयाकिङ सिष्टम, फ्रन्ट एन्ड रियर अटो रियल टाइम, एफ १.९ लेन्सहरु, लो लाइट भिडियो, हाइ क्लियर जुम, आइआर डिटेक्ट, हृवाइट व्यालेन्स, भर्चुअल सट, स्लो मोसन, फाष्ट मोसन, प्रो मोड, सेलेक्टिभ फोकस लगायतका सुविधाहरु रहेका छन् ।

उच्च क्षमताको ब्याट्रि

दुई स्मार्टफोनमा रहेको दोस्रो भिन्नता ब्याट्रि हो । कम्पनीले ‘एस-६’ मा २५५० एमएएच क्षमताको ब्याटि्र प्रयोग गरेको छ भने ‘एस-६ इज’मा २६०० एमएएच क्षमताको ब्याट्रि प्रयोग गरिएको छ । दुबै स्मार्टफोन ग्यलेक्सी एस-५ भन्दा १.५ गुना छिटो फुल चार्ज हुन्छन् ।

स्मार्टफोनमा उच्चस्तरको नयाँ टेक्नोलोजी प्रयोग भएको हुँदा लामो समय ब्याटि्र ब्याकअप रहने बताइएको छ । कम्पनीका अनुसार स्मार्टफोन १० मिनेट चार्ज गरेमा ४ घण्टासम्म चल्नेछ । दुबै फोनमा वायरलेस चार्जिङ सिष्टम रहेको छ ।

Samsung Gyalexy S6 and S6 Edge (1)

दुबै स्मार्टफोनमा अल्ट्रा पावर सेभिङ मोड, डाउनलोड ब्राउजर, एस हेल्थ ४.०, स्मार्ट म्यानेजर, माइक्रोसफ्ट एप्स, साउन्ड अलाइभ+, थिम्स, क्वीक कनेक्ट, प्राइभेट मोड, एस फिंगर, एस भ्वाइस, वाईफाई, ब्लुटुथ लगायतका सुविधाहरु रहेका छन् ।

साथै, गुगल मोबाइल सेवाहरुमा क्रोमो, ड्राइभ, फोटोज, जिमेल, गुगल, गुगल प्लस, गुगल सेटिङ सेटिङ, हृयाङआउट्स, म्याप, प्ले बुक, प्ले गेम्स, ले मुभी, प्ले टिभी, प्ले म्यूजिक, प्ले स्टोर, भ्वाइस सर्च, युट्यूब लगायत रहेका छन् ।

सामसुङ नेपालका प्रमुख स्थापितले एस-६ र एस-६ इजको मूल्य ६ महिनासम्म नघटाउने बताएका छन् । यसभन्दा अगाडि सामसुङ मोबाइलको मूल्य बिक्री सुरू भएको एक महिनामै घटाउन सुरू हुन्थ्यो ।

Samsung Gyalexy S6 and S6 Edge (6)

Samsung Gyalexy S6 and S6 Edge (2)  Samsung Gyalexy S6 and S6 Edge (8) Samsung Gyalexy S6 and S6 Edge (9)  Samsung Gyalexy S6 and S6 Edge (12) Samsung Gyalexy S6 and S6 Edge (13) Samsung Gyalexy S6 and S6 Edge (14) Samsung Gyalexy S6 and S6 Edge (15) Samsung Gyalexy S6 and S6 Edge (17) Samsung Gyalexy S6 and S6 Edge (20) Samsung Gyalexy S6 and S6 Edge (22)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment