९ वैशाख, काठमाडौं । होण्डा मोटरसाइकलले नयाँ वर्षको अवसर पारेर सुरु गरेको ‘न्यू इयर-२०७२’ को पहिलो विजेता रमन श्रेष्ठ भएका छन् । नुवाकोटवासी श्रेष्ठले एक लाख रुपैयाँ नगद पुरस्कार जितेका छन् ।
स्याकार टे्रडिङ कम्पनीले सञ्चालन गरेको होण्डा नयाँ बर्ष अफरअन्तर्गत होण्डाका कुनैपनि बाइक वा स्कुटर किन्दा एउटा स्क्रयाच कुपन प्रदान गर्दै आएको छ । कुपनबाट तत्काल ४ हजार देखी १ लाख नगद छुट दिनुका साथै हप्ताभरी संकलन भएका कुपनमध्येबाट एकजनालाई लक्कि ड्र गरेर एक लाख रुपैयाँ पुरस्कार दिन्छ ।
डिओ स्कुटर खरिद गर्दा श्रेष्ठ लक्की ड्रमार्फत विजेत बनेका थिए । उनलाई बालाजुमा रहेको कपुरी ब्रर्दशका प्रोपाइटर किरण कपुरीले चेक हस्तान्तरण गरे ।
रमन श्रेष्ठले बालाजुको कपुरी ब्रदर्शबाट यही बैशाख ४ गते स्कुटर खरिद गरेका थिए । एक लाख नगद पुरस्कार जितेपछि श्रेष्ठले खुशी हुँदै किनेको स्कुटर उपहारमा बदलिएको प्रतिक्रिया दिएका छन् । श्रेष्ठले स्कुटर किन्दा स्क्रयाच कुपनबाट नगद ४ हजार रुपैयाँ छुटसमेत पाएका थिए ।
प्रतिक्रिया 4