Comments Add Comment

पीडितलाई सघाउन युवा संघको हेल्प डेक्स

१५ वैशाख, काठमाडौं । एमाले सम्बद्ध युवा संघ नेपालले भूकम्प पीडितको उद्दार, राहत र सहायतका लागि आपतकालिन हेल्प डेक्स खडा गरेको छ । युवा संघले आफ्ना पाँच सय स्वयंसेवी कार्यकर्तालाई रक्तदानका लागि तयारी अवस्थामा राखेको प्रवक्ता प्रभातविक्रम कटुवालले बताए ।

त्यस्तै त्रिपाल, खानेपानी र सामान्य खाद्य सामाग्रीहरु नपुगेको भए युवा संघमा सम्पर्क राख्न समेत सचिव किरण पौडेलले आह्वान गरेका छन् । काठमाडौंबाट आ आफ्नो घर फर्किन चाहने विद्यार्थी, अपांग, महिला र बृद्धबृद्धालाई सहज रुपमा यातायात साधन मिलाउनु परे पनि युवा संघमा सम्पर्क राख्न उनले आग्रह गरेका छन् ।

युवा संघको हेल्प डेक्समा किरण पौडेल, प्रभात कटुवाल, निरेशलाल सिंह र क्षितिज थेवेलाई सम्पर्क गर्न सकिने संघले जनाएको छ ।

यसैबीच एमालेकै भातृ संगठन अनेरास्ववियुले पनि आफ्ना कार्यकर्तालाई जिल्ला जिल्ला र आ आफ्ना गाउँमा उद्दारमा खटाएको महासचिव नविना लामाले बताइन् ।

अखिलले सोमवार र मंगलबार रक्तदान अभियान चलाएको र अब राहत तथा उद्दारमा टोली बनाएर खटिने उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment