+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

नीताको पीडा : बहिनी र आमालाई बचाउँदा छोरा ढल्यो

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख १६ गते १६:१०

१६ वैशाख, काठमाडौं । शनिबार आएको भूकम्पले नेपालीहरुलाई ठूलो पीडा दिएको छ । आफूसँगै साथमा रहेका परिवार एकैछिनमा सदाका लागि टाढा हुँदा धेरैका साथहरु एकाएक ढलेका छन् । कतीको बस्ने घर छैन, कसैको अबको साहारा छैन ।

नेपाली चलचित्रकी नायिका नीता ढुंगाना पनि अहिले यस्तै पीडामा छिन् । आफ्नी जेठी दिदीको एक मात्र छोरा कृष्णलाई भूकम्पले चुडेपछि उनी ४ दिनदेखि दिदीलाई सम्हाल्दैछिन्, कलंकीमा ।

कलंकीको रवि भवनमा कृष्णले हाँसेको, खेलेको नीतालाई झलझली याद आउँछ । नीताले भावूक मुद्रामा संझदै भनिन्-‘स्कुल बिदा भयो या थोरै छुट्टी भयो भने म भएकोमा आउथ्यो । उसले एकाएक छाडेर जाँदा आफूलाई सम्हाल्न सकेको छैन, दिदीलाई झन् कसरी सम्हाल्नु ?’

Krishana

१० बर्षका कृष्णले २ बहिनी र आफ्नी आमालाई बचाउँदै गर्दा आफू भने सदाका लागि भगवानको प्यारो भए । भूकम्प आएपछि १० बर्षका कृष्णले सबैभन्दा पहिला आफूसँग खेल्दै गरेका २ बहिनीलाई बचाएर खुल्ला चौरमा पुर्‍याएका थिए । ठूलो परिवार भएकाले पनि सबैले आ-आफ्नो ज्यान बचाउँन तर्फ लागे । साना बहिनीहरुलाई बचाएपनि उनले आफ्नी आमालाई भने देखेनन् । यसपछि, उनी आमालाई बचाउँन घर भित्र जान खोज्दै थिए, उनलाई घरको झ्यालले लाग्यो । यसपछि कृष्ण भूइमा ढले । मानिसहरुको भागदौड मच्चियो, कृष्णलाई कसैले देखेन ।

नीताले भनिन्-‘ उ हाम्रो दिदी बहिनीहरुकै एक मात्र छोरा थियो । तर, अरुलाई बचाउँदा बचाउँदै उ आफै सदाका लागि टाढा भयो ।’ कृष्णको घटनास्थलमै निधन भयो । झ्यालले किचेका कारण पनि भागदौड गर्दा उनलाई कसैले देखेनन् ।

यतिबेला नीता आफ्नी दिदीहरुसँग कलंकीको खुल्ला स्थानमा टेन्ट मुनि बसेकी छिन् । खुल्ला आकाशमुनी जसोतसो जिवन चलेपनि कृष्णको निधनले पनि उनीसँगै उनकी जेठी दिदी बिक्षिप्त छिन् ।

नीताले फेसबुकमा स्टाटस लेखेकी छन् ‘मेरो बाबुलाई यो भूकम्पले लिएर गयो कसरी बााच्नु तिमी बिना, मिस यू सो मच छोरा ।’

नीताले आफू बस्दै आएको बालकुमारीको अपार्टमेन्ट पनि थोरै चर्किएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?