Comments Add Comment

साउदी राजकुमारले दिए भूकम्प पीडितलाई १० करोड रुपैयाँ

 

दुई बर्ष पहिले नेपाल भ्रमणका क्रममा राष्ट्रपति डा. रामबरण यादवसँग भेटवार्ता गर्दै राजकुमार विन तलाल

  • दुई बर्ष पहिले नेपाल भ्रमणका क्रममा राष्ट्रपति डा. रामबरण यादवसँग भेटवार्ता गर्दै राजकुमार विन तलाल

१७ वैशाख, काठमाण्डौ । साउदी राजकुमार अलविद विन तलालले नेपालका भूकम्प पीडितकालागि १० करोड रुपैयाँ (१० लाख डलर) सहयोग गरेका छन् ।

उनले आफ्नो परोपकारी संस्था अलविद विन तलाल फाउण्डेसन मार्फत् हालै उक्त रकम सहयोगको घोषणा गरेको अरवन्यूजले जनाएको छ ।

यो रकम उनले इन्टरनेशनल मेडिकल कर्प, हेविटाट फर ह्युमिनिटी र वल्र्ड फुड प्रोग्राममार्फत् नेपालका भूकम्प पिडीतका लागि खर्च गर्नेगरी सहयोग गरेका हुन् । लेवनानमा दर्ता रहेको राजकुमार तलालको फाउन्डेसन ९० मुलुकमा परोपकारी कार्यमा संलग्न छ ।

साउदी राजकुमार दुई बर्ष नेपाल भ्रमणमा आएका थिए । हालै नेपाल सरकारले उनलाई मुलुकको सर्वोच्च मान पदवीले सम्मान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment