Comments Add Comment

भूकम्प प्रभावित महिला र बालिकालाई सघाउने मनिषाको प्रतिवद्धता

Manisha-Koirala

२८ वैशाख, काठमाडौं । बलिउड नायिका मनिषा कोइरालाले भूकम्प पीडित महिला र बालिकाहरूलाई सघाउने भएकी छिन् ।

कोइरालाले भूकम्पका कारण विस्थापित गर्भवती महिला, सुत्केरी, तिनका शिशुहरूका साथै युवायुवतीको पक्षमा नेपालका लागि संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) को सद्भावना दूतका हैसियतले आवाज बुलन्द गर्न प्रत्यक्ष रुपमा सहभागी हुने र सघाउने प्रतिबद्धता जनाएकी हुन् । ‘यो विपद्को घडीमा आफ्नै मुलुकमा युएनएफपीएसँग आफ्नो साझेदारी नवीकरण गर्न पाउँदा म वास्तवमै खुशी भएकी छु,’ कोइरालाले भनिन् ।

युएनएफपीएको अनुमान अनुसार भूकम्पले २० लाखभन्दा बढी प्रजनन् उमेरका महिला प्रभावित भएका छन् र तीमध्ये धेरै अनिच्छित गर्भधारणको जोखिममा छन् ।

करिब १ लाख २६ हजार महिला अहिले नै गर्भवती छन् । ती महिला सुरक्षित रूपमा सुत्केरी हुन सकून र बच्चा जन्माइसकेपछि पनि स्वस्थ्य रहून जसले गर्दा आफ्ना नवजात शिशुको उपयुक्त हेरचाह गर्न सक्षम होउन् भन्ने सुनिश्चिताका उनीहरूको तत्काल रेखदेख आवश्यक रहेको युएनएफपीएले जनाएको छ ।

विस्थापितहरूको शिविरमा र अन्यत्र रहेका महिला तथा बालिकालाई बलात्कारलगायत लैंगिक हिंसाबाट जोगाउनु पर्छ । ‘हामी हाम्रो अभियानको प्रवक्ताका रूपमा मनिषा कोइरालालाई हृदयदेखि नै स्व्ाागत गर्दछौं’ युएनएएफपीए नेपाल प्रतिनिधि जुलिया भलिसीे भनिन्-‘हाम्रा प्रयासहरू भविश्यसम्मै दिगो हुनुपर्छ र उपयुक्त तथा निरन्तर रूपमा स्रोतसाधनयुक्त हुनुपर्छ ।’

युएनएफपीएले नेपाल सरकारसँगै यौन तथा प्रजनन् स्वास्थ्य सेवा अति आवश्यक पर्ने महिला र बालिकाका साथै गर्भवती महिलालाई सुरक्षित सुत्केरी र प्रसवसम्बन्धी रेखदेखका साथै अन्य स्वास्थ्य सेवाहरू उपलब्ध गराउने र समन्वय गर्ने काममा सघाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment