+
+
Shares

खुलामञ्चमा विप्लवलाई प्रश्न सोध्न खोज्ने उद्धारकर्ता कुटिए (भिडियोसहित)

३ जेठ, काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई प्रश्न सोध्न खोज्दा खुलामञ्चमा एक प्रश्नकर्ता कुटिएका छन् । भूकम्प पछि आफूले गरेको कामबारे जानकारी दिन विप्लवले खुलामञ्चमा पत्रकार सम्मेलन गरेका थिए । जहाँ सन्चारकर्मीका साथै सर्बसाधारण समेत जम्मा भएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ ३ गते १५:१७

Biplap callder attack Eatrh Quake Resque member (6)

३ जेठ, काठमाडौं । विनाशकारी भूकम्पपछि प्रभावित क्षेत्रमा पुगेर राहत र उद्धारमा खटिएको जानकारी दिन खुलामञ्चमै आयोजना गरेको विप्लव माओवादीको पत्रकार सम्मेलनमा एक उद्धारकर्मी निर्घात कुटिएका छन् ।

नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’कै उपस्थितिमा खुलामञ्चको पत्रकार सम्मेलन हेर्न आइपुगेका ‘अन द स्पट डिजाष्टर म्यानेजमेन्ट’ टिमका सदस्य सुदीप कुवँर विप्लवकै अगाडि निर्घात कुटिएका हुन् ।

कुँवर महाबौद्धस्थित मित्र युवा क्लवका सदस्यसमेत हुन् । भूकम्प गएदेखि नै राजधानीका विभिन्न ठाउँमा प्रहरीसँगको सहकार्यमा उद्धारमा खटिएको कुँवर न्यूरोडका बासिन्दा हुन् । उनी पत्रकार सुमन बमजनको शव उत्खननमा समेत सहभागी थिए ।


किन पिटिए कुँवर ?

भूकम्प प्रभावित क्षेत्रमा आफूहरुले गरेको कामबारे जानकारी दिन भन्दै आयोजना गरिएको कार्यक्रममा नेकपा माओवादीका महासचिव विप्लवले जेठ महिना भित्रैमा नेपाल अर्कै ठाउँमा पुग्ने दावी गरिरहेका थिए ।

पत्रकार दीर्घा पछाडि उभिएका सर्वसाधारण विप्लवको जवाफप्रति सन्तुष्ट भएनन् । प्रश्नोत्तर भइरहेका बेला ‘प्रभावित क्षेत्रमा राहत पुग्न नसकेको बेला नयाँ नेपाल कसरी बन्ला’ भन्दै असन्तुष्टि जनाउँदा विप्लवका कार्यकर्ताहरु कुँवरमाथि जाइलागे ।

Biplap callder attack Eatrh Quake Resque member (4)

प्रहरीले तत्कालै कुवँरलाई नियन्त्रणमा लिए पनि कार्यकर्ताले जबर्जस्ती कुट्न थालेका थिए । प्रहरीले छेक्दाछेक्दै पनि उनलाई कुट्न छाडेनन् । विप्लवका कार्यकर्ताबाट कुटिएका उद्धारकर्मीलाई प्रहरीले उद्धार गरी प्रहरी भ्यानमै ट्रमा सेन्टर पुर्‍याएको थियो ।

भूकम्प प्रभावित क्षेत्रमा लामो समयदेखि उद्धारमा खटिएका ब्यक्तिलाई विनाकारण कुटिनु माओवादीको ज्यादती भएको न्यूरोडका बिकी तिमिल्सिनाले बताए ।

उनले देशमा यति ठूलो समस्या परेको बेला उद्धारमै खटिएका उद्धारकर्मीलाई कुट्ने माओवादी कार्यकर्तालाई कारबाही गर्न माग गरे । ‘साथीहरुले यतिका दिनदेखि राहतसम्म पुग्न सकेको छैन भन्दै असन्तुष्टी जनाएका थिए,’ डिजाष्टर म्यानजेमेन्ट टिमकै अर्का सदस्य गणेश श्रेष्ठले भने ‘राहत पुग्नसमेत नसकेको भन्दै असन्तुष्टी जनाउँदैमा पिटिनु गलत हो ।’

म निर्दोष छु : सुदीप

Sudip Kuwar

माओवादी कार्यकर्ताबाट कुटाई खाएर अस्पतालमा उपचार गराईरहेका सुदीपले आफू निर्दोष रहेको अनलाइनखबरलाई बताए । उनले अनलाइनखबरसँग भने, ‘मैले कुनै प्रश्न समेत गरेको थिइन, अर्को साथीले प्रश्न सोध्न खोज्दै थियो, माओवादी कार्यकर्ताहरु एक्कासी ममाथि जाइलागे ।’

प्रहरीले भूकम्पपीडितहरुको उद्धार टोलीमाथि आक्रमण गर्ने माओवादी कार्यकर्ताको खोजी तीब्र पारेको छ । विप्लवले पत्रकारहरुको जिज्ञासा राखिरहँदा आफ्नै अगाडि आफ्ना कार्यकर्ताले कुट्दासमेत मुकदर्शक बनेका थिए ।

Biplap callder attack Eatrh Quake Resque member (3)

Biplap callder attack Eatrh Quake Resque member (5)

Biplap callder attack Eatrh Quake Resque member (7)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?