+
+
Shares

रमेश महत भन्छन्- मैले जस्ता बेचेर खान्छु होला त ?

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ १६ गते १४:४३

१६ जेठ, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतका सहयोगी एवं कांग्रेस नेता रमेश महतले इन्भेस्टमेन्ट बैंकको छाप लागेको जस्ता आफूले बेचेर खान नभई चारवटा गाविसमा बाँड्नलाई लैजान लागेको स्पष्टीकरण दिएका छन् ।

Ramesh-Mahat‘त्यो जस्ता ६ वटा गाविसका लागि आएको थियो,’ महतले अनलाइनखबरसँग भने- ‘कबिलास र पञ्चकन्या गाविसमा बाँडिसकेपछि अरु चारवटा गाविसमा बाँड्न लैजाँदै गर्दा स्थानीयले समाते ।’ बाँकी रहेको जस्ता महाकाली, चौघडा, भद्रुटार र खानीगाउँमा बाँड्ने तयारी भइरहेको महतले दाबी गरे ।’

जस्ता बाँड्ने बैंकका ढकाल थरका कर्मचारी काठमाडौं गएकाले उनलाई भेट्न ड्राइभरलाई छहरा पठाइएका बेला जस्ता समातिएको महतले बताए । उनले भने- ‘काठमाडौंको मान्छेलाई छहरेमा सम्पर्क गर्नु भनेको, ड्राइभरले काठमाडौं लैजानु भन्ने बुझेछ ।’

काठमाडौंबाट जस्ता लिएर आएको गाडीको पत्ती भाँचिएपछि आफ्नो घरमा बालुवा ओसार्ने ड्राइभरलाई खटाइएको तर, उसलाई अरुले प्रयोग गरेर आफूमाथि आरोप लगाइएको महतले दाबी गरे ।

तर, स्थानीयले भने ३० बण्डल जस्ता रमेश महतले आफ्नै घरमा झारेको दाबी गरेका छन् । आफूमाथि लागेको आरोप सही नभएको रमेशको तर्क छ । ‘पार्टीको सचिव भइसकेको मजस्तो मान्छेले बैंकको छाप लागेको जस्तो बेच्छु होला त ?’ महतले भने- ‘जस्ता बेच्न लागेको भन्ने आरोप झूठो हो, म दाबाका साथ भन्छु, १४ वटा जिल्लामा म राहत वितरणमा सक्रिय भएर लागेको छु, मैले जति रेस्क्यु अरु कसैले गरेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?