Comments Add Comment

भूकम्पको बेला चोरी गर्ने पक्राउ

thip

१७ जेठ, काठमाडौं । भूकम्पको त्रासका कारण मानिसहरु बाहिर रहेको मौकामा चोरी गर्ने कुष्ण सिङ्गतान पक्राउ परेका छन् । उनीसँगै चोरीका सामान किन्नहरु पनि पक्राउ परेका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार सिङ्गतानले जेठ ७ गते राति सुकेधाराका सरिता कार्कीको घरमा चोरी गरेका थिए । भूकम्पको डरले कार्की नेपाल महिला मिलीजुली कनार्यालयमा सुतेको अवस्थामा सिङ्गतान झ्यालबाट प्रवेश गरी १ लाख २४ हजार भन्दा बढीको चारी गरेका थिए ।

चोरीको सामान किनेको आरोपमा हरेन्द्र कुमार ठाकुर, नन्द लाल शाह भन्ने राम अशिष शाह तेली, राम जनम शाह र राम ध्यान राम चमार पनि पक्राउ परेका छन् । प्रहरीले उनीहरुको साथबाट पाँच थान प्यापटप, ११ थान मोबाइल, १५ हजार नगद बरामद गरेको छ ।

मकवानपुर ८ नामटार घर भएका सिङ्गतानले गत फागुनमा चाबहिलका पूजा गुरुङको घरमा पनि चोरी गरेका थिए । उनलाई महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रहरीका अनुसार भूकम्पपछि शंकास्पद ६८ जनालाई नियन्त्रणमा लिइएको थियो । उनीहरुमध्ये ३६ जनालाई म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । ३२ जना भने सोधपुछपछि छुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment