+
+

रानीबारी हत्याकाण्डको अनुसन्धान गर्ने चार प्रहरीलाई नगद पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ ३१ गते १२:१३

३१ जेठ, काठमाडौं । रानीबारी हत्याकाण्डको सफल छानविन गर्ने प्रहरी अधिकारीहरु नगदसहित सम्मानित भएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले एक डीआइजी, एक डीएसपी र दुईजना प्रहरी इन्स्पेक्टरलाई नगदसहित सम्मान गरेको हो ।Ranibari-Kanda

सम्मानित हुनेमा रानीबारी हत्या अनुसन्धानमा संलग्न डीआइजी हेमन्त मल्ल ठकुरीलाई ३० हजार नगदसहित सम्मान गरेको छ ।

त्यसैगरी डीएसपी भीमबहादुर  दहाल २५ हजार नगदसहित सम्मानित भएका छन् भने प्रहरी निरीक्षकद्वय महेश बस्नेत र दिपेन्द्र अधिकारीलाई २२/२२ हजार रुपैयाँसहित सम्मान गर्ने सरकारले निर्णय गरेको छ ।

विभत्स हत्याको घटना भएको १२ वर्षपछि प्रहरीको टोलीले यो काण्डका दोषीहरुलाई पक्रन सफल भएको थियो ।

यो पनि पढ्नुहोस्  रानीबारी काण्ड : घरबेटी मार्न खोज्दा डेरावालको हत्या

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?