४ असार, काठमाडौं । बुधबार रातिदेखि परेको अविरल वर्षापछि सिन्धुपाल्चोकको जुरेमा पहिरो गएको छ । कुनै मानवीय क्षती भने भएको छैन ।
गत वर्ष २ सय भन्दा बढीको मृत्यु हुने गरी पहिरो गएको ठाउँमा यो वर्ष पनि पहिरो गएको हो । माङ्खा र राम्चे गविसको सीमामा गएको पहिरोमा परेर तीन बस परेको थियो।
बाह्रविसेबाट काठमाडौं आउँदै गरेको बा २ ख २०२१, ५६५ र १६३६ नम्बरको बस पहिरोसँगै आएको लेदोमा परेको हो । लेदोले बसको आंशक भाग पुगिएको छ ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सिन्धुपाल्चोक प्रहरी नायव उपरीक्षक सुनिलकेशरी भण्डारीको कमाण्डमा टोली खटिएको छ । सशस्त्र प्रहरीको टोलीले तीन वटै गाडीलाई पहिरो स्थलबाट निकालेको छ ।
पहिरोका कारण बाटो अवरुद्ध छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4