+
+
Shares

हस्ताक्षर अभियानबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै रास्वपा

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३२ गते १५:१२
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले भोलि दिउँसो साढे ३ बजे हस्ताक्षर अभियानबारे पत्रकार सम्मेलन गर्ने भएको छ।
  • पार्टी प्रवक्ता मनिष झाकाले हस्ताक्षर अभियान र समसामयिक राजनीतिक विषयमा धारणा सार्वजनिक गरिने बताए।
  • पत्रकार सम्मेलन पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा आयोजना हुनेछ।

३२ असार, काठमाडौं । हस्ताक्षर अभियानबारे जानकारी दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पत्रकार सम्मेलन गर्दैछ । पार्टी प्रवक्ता मनिष झाका अनुसार भोलि बिहीबार दिउँसो साढे ३ बजे जानकारी गराउन लागिएको हो ।

रास्वपाले पार्टी सभापति रवि लामिछानेप्रति राजनीतिक प्रतिशोध भएको भनेर हस्ताक्षर अभियान चलाउँदै आएको छ ।

प्रवक्ता झाका अनुसार हस्ताक्षर अभियानका साथै समसामयिक राजनीतिक घटनाक्रम, सदन बहिष्कार, रुपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवार चयन कार्यविधि लगायत विषयमा समेत पार्टीको धारणा सार्वजनिक हुनेछ ।

यी उदेश्यसहित कार्यक्रम राखिएको उनले बताए । पत्रकार सम्मेलन पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?