Comments Add Comment

एमालेको अभियान-भत्केकालाई बनाउछौं, बाँचेकालाई जोगाउँछौं

८ असार, काठमाडौं । भत्केकालाई बनाउँछौं, बाँचेकालाई जोगाउँछौं, सगरमाथा शिखरजस्तै नेपाललाई उठाउँछौं भन्ने नाराका साथ नेकपा एमालेले मंगलवार देशभरिका प्रमुख पर्यटकीय गन्तव्यहरुमा पर्यटन प्रबर्द्धन कार्यक्रम आयोजना गर्दैछ ।
uml
विनाशकारी भूकम्पले नेपालका पर्यटकीय गन्तव्यहरु ध्वस्त भएको र नेपाल भ्रमण गर्न खतरा रहेको भन्ने खालका प्रचारहरु चिर्नका लागि पार्टीले राष्ट्रियस्तरमै यस्तो अभियान चलाएको एमाले पर्यटन विभाग प्रमुख सूर्य थापाले बताए ।

एमाले सचिव तथा राष्ट्रिय स्वयंसेवक अभियानका प्रमुख गोकर्ण विष्टले भूकम्पका कारण पर्यटन क्षेत्रमा ठूलो क्षति भए पनि भत्किएका संरचना पुनर्निर्माण र सुरक्षित गन्तव्यहरूको प्रबर्द्धन गरी नेपाल पर्यटकहरूका लागि सुरक्षित र आकर्षक गन्तव्यका रुपमा कायमै छ भन्ने सन्देश प्रवाह गर्न जरुरी रहेको बताए ।

पर्यटन प्रबद्धर्नको सन्देश दिने कार्यक्रममा एमालेका शीर्ष नेताहरुनै खटिनेछन् । अध्यक्ष केपी शर्मा ओली वैंककबाट आएपछि बसन्तपुर र ठमेल क्षेत्रमा खटिनेछन् । ओली पार्टीका पदाधिकारीहरु ठमेल र बसन्तपुरमा भेला हुने कार्यक्रम रहेको छ ।

त्यस्तै बरिष्ठ नेता माधवकुमार नेपाल जनकपुर धाम पुगेका छन् । त्यस्तै पोखरामा सचिव पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा नेताहरु खटिएका छन् भने लुम्बिनीमा उपमहासचिव बिष्णु पौडेलको नेतृत्वमा अभियान चलाइँदैछ ।

स्वर्गद्धारीमा स्थायी कमिटी सदस्य शंकर पोखरेल पुगेका छन् भने लुक्लामा केन्द्रीय सदस्य किशोर अधिकारी र हलेसीमा पोलिटब्यूरो सदस्य जगन्नाथ खतिवडालाई खटाइएको छ ।

यस कार्यक्रमअन्तर्गत निर्धारित स्थानहरूमा सरसफाइ, पदयात्रा र छलफल कार्यक्रम आयोजना गरिने र सम्भव भएसम्म विदेशी र स्वदेशी पर्यटकहरूसमेत सहभागी गराइने एमालेको राष्ट्रिय पर्यटन व्यवसायी संगठनका अध्यक्ष चन्द्र रिजालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment