Comments Add Comment

दातालाई आश्वस्त पार्दै प्रधानमन्त्रीले भने-हामी नेपाल पुननिर्माण गर्छौं

१० असार, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पको महाविनाशका बेला नेपाली जनताले देखाएको धैर्य सहनशीलता र उच्च मनोबलप्रति खुसी व्यक्त गरेका छन् ।
ICNR
दाताहरुको अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले विपतको बेलामा पनि आफूले नेपालमा आशाका किरणहरु देखेको बताए ।

प्रधानमन्त्रीले भारत चीन लगायतका मुलुकले उद्दार तथा राहतमा देखाएको तत्परताप्रति कृतज्ञता व्यक्त गर्दै भावी दिनमा पुननिर्माणको काम द्रुत ढंगले अघि बढ्ने बताए ।

प्रधानमन्त्रीले विपदको बेला नेपालभित्र सबै राजनीतिक दलहरुबीच ऐतिहासिक एकता देखिएको र यसले नेपाल दिगो विकास र स्थिरतातर्फ जान सक्छ भन्ने संकेत मिलेको बताए ।

कोइरालाले भ्रष्टाचारमा सून्य शहनशीलता अपनाउने प्रतिबद्धता व्यक्त गर्दै दाताहरुलाई आश्वस्त पार्न खोजेका छन् । कोइरालाले नेपालको पुनर्निर्माणमा शंका नगर्न पनि आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment