- अन्तराष्ट्रिय दातृ सम्मेलनमा चिनियाँ विदेशमन्त्री वाङ यी
१० असार, काठमाडौं । चीनले भूकम्प प्रभावित नेपाललाई ४८ अर्ब बढी सहयोग दिने घोषणा गरेको छ ।
विनाशकारी भूकम्पपछिको पुनस्थापना र पुनर्निर्माणमा सहयोग जुटाउन बिहीबार काठमाडौंमा भएको अन्तराष्ट्रिय दाता सम्मेलनमा चीनका विदेशमन्त्री वाङ वीले ३०० मिलियन आरएमबी अर्थात ४८३ मिलियन डलर अनुदान दिने घोषणा गरेका हुन् ।
यसअघिको प्रतिवद्धता समेत जोड्दा भूकम्पपछि चीनले नेपाललाई दिएको सहयोग रकम १ खर्ब १२ अर्ब अर्थात् ७.५ मिलियन आरएमबी हुनेछ । चीनले यसअघि प्रतिबद्धता गरेको ६४ अर्ब रकमका लागि आयोजना छनोट हुन सकेको छैन ।
चीनले ‘फ्रि थ्रु सिल्क रोड फण्ड’को प्रस्ताव गरेको छ । यो भनेको विना ब्याजको ऋण हो । चीनले यस्तो ऋण कति दिन सक्छ भनेर घोषणा गरेको छैन । साथै विपत व्यवस्थापनबारे १५०० नेपालीलाई तालिम दिने चीनको प्रस्ताव छ ।
नर्वेले ३ अर्ब दिने
नर्वेले ३ अर्ब रुपैयाँ दिने घोषणा गरेको छ । विदेशमन्त्री वर्ग ब्रेण्डले ३० मिलियन अर्थात १०० मिलियन क्रोनर दिने घोषणा गरेका छन् ।
अमेरिकाले १३ अर्ब अर्थात १३० मिलियन डलर दिने घोषणा गरेको छ । युरोपेली युनियनले १०० मिलियन युरो अनुदान दिने घोषणा गरेको छ ।
एसियाली विकास बैंकले ६० अर्ब अर्थात ६०० मिलियन दिने घोषणा गरेको छ । जसमध्ये २०० मिलियन स्कुल निर्माणका लागि खर्च गरिनेछ भने ५० मिलियन बजेटरी सहयोग हुनेछ । ३५० मिलियन पूर्व प्रतिवद्धता अनुसार पुनस्स्र्थापनाका लागि हुनेछ ।
प्रतिक्रिया 4