Comments Add Comment

माननीयज्यू, तपाईहरुको काम भत्तामात्रै पचाउने हो ?

१६ असार, काठमाडौं । व्यवस्थापिका संसदमा बुधबार दिउँसो एमाले सभासद प्रकाश ज्वाला धमाधम भाषण गरिरहेका थिए । तर, उनका अगाडि भाषण सुन्ने सेता कुर्सीहरुमात्र थिए । ज्वालाले कुर्सीलाई भाषण सुनाइरहेका थिए ।

फाइल तस्वीर
फाइल तस्वीर

पढाइ भइरहेका बेला कक्षा कोठा छाडेर हिँड्नुलाई विद्यालय या कलेजमा अनुशासित कार्य मानिँदैन । तर, देशको कानून बनाउने व्यवस्थापिका संसदकै सदस्यहरुमा यस्तो अनुशासन छैन ।

सभासदहरु बैडकमा जान्छन्, हाजिर गर्छन् र भत्ता पाक्ने निश्चित भएपछि मुलुकका गम्भीर समस्याबारे छलफलमा भाग नलिई बाहिरिन्छन् ।

व्यवस्थापिका संसद सञ्चालन गर्ने सभामुख सुवासचन्द्र नेम्वाङ र उपसभामुख ओनसरी घर्ती, कसैले पनि सभासदलाई छलफलमा भाग लिन र सभामा बस्न आग्रह गर्ने गरेका छैनन् ।

बुधबार व्यवस्थापिका संसदमा आगामी आर्थिक वर्षका लागि विनियोजन हुने बजेटको सिद्धान्त र प्राथमिकताबारे छलफलको आयोजना गरिएको थियो । सुरुमा अर्थमन्त्री बोलुञ्जेल केही सभासदहरु हलमा देखिए पनि भरतमोहन अधिकारी र डा. बाबुराम भट्टराईले बोलिसकेपछि सभासदहरु खोरबाट बाख्रा निस्किएजस्तै व्यवस्थापिकाबाट बाहिरिएका थिए ।

सभासद प्रकाश ज्वालाले बोल्दासम्म संसदसम्म १०/१२ जना सभासद पनि थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment