Comments Add Comment

बजेटमा पर्यटनलाई गति दिने कार्यक्रम ल्याउन निजी क्षेत्रको सुझाव

Pun hill tour (16)

२२ असार, काठमाडौं । भूकम्पपछि सुस्ताएको पर्यटनलाई गति दिन आगामी बजेटमा विशेष कार्यक्रम ल्याउनुपर्ने निजी क्षेत्रको माग छ । अहिले अन्तर्राष्ट्रिय समुदायमा नेपाल असुरिक्षत रहेको सन्देश प्रवाह हुँदा पर्यटक भ्रमणमा आउन छाडेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले पर्यटन प्रवर्द्धनका लागि विशेष कार्यक्रम ल्याउन अर्थमन्त्री डा. रामशरण महतलाई सुझाव दिएको छ । कुटनीतिक पहल गरेर नेपाल सुरक्षित गन्तव्य रहेको अन्तर्राष्ट्रिय समुदायलाई विश्वास दिलाउनुपर्ने महासंघको भनाई छ ।

महासंघले खासगरी छिमेकी मुलुक भारतीय तथा चिनियाँ पर्यटक बढाउने खालको रणनीति बनाउन सुझाव दिएको छ । नेपालमा सबैभन्दा बढी पर्यटक भारतबाट आउँछन भने दोस्रोमा चीन रहेको छ । पछिल्लो समय चिनियाँ पर्यटकको आगमन उत्साहजनक वृद्धि भएको देखिन्छ ।

सरकारले पनि नेपाल सुरक्षित र आकर्षक गन्तव्य भएको सन्देश अन्तर्राष्ट्रिय समुदायमा पुर्‍याउने योजना बनाएको छ । यसका लागि पर्यटन क्षेत्रको सुरक्षा परिक्षण गरिने अर्थमन्त्री महतले संसदमा प्रस्तुत गरेको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामा उल्लेख छ ।

पर्यटनको प्रचार प्रसारका लागि कुटनीतिक नियोगका साथै अन्य संयन्त्रहरु परिचालन गर्ने अर्थमन्त्री महतले बताएका छन् । बजेटमार्फत पर्यटकीय स्थलसम्म पुग्ने पहुँच मार्गको निर्माण गर्दै पर्यटकीय वस्तुको निर्माण र सञ्चालनमा निजी क्षेत्रलाई आकषिर्त गरिने भएको छ ।

सरकारले निर्माणाधिन विमानस्थलहरु निर्धारित समयमै सिध्याएर सञ्चालनमा ल्याउने अठोट लिने भएको छ । यी विमानस्थल निर्माण सम्पन्न नभएसम्म नयाँ आन्तरिक विमानस्थल निर्माण शुरु नगर्ने नीति सरकारले लिँदै छ ।

भूकम्पपछि ध्वस्त भएका र क्षतिग्रस्त पुरातात्विक सम्पदाहरुको शीघ्र पुनर्निर्माण गर्ने अर्थमन्त्री महतले संसदमा जानकारी गराएका छन् । भूकम्पको झड्काले राजधानीमा रहेका बसन्तपुर दरबार, पाटन दरबार, चाँगुनारायण, धरहरा लगायतका पुरातात्विक सम्प्दाहरु क्षतिग्रस्त छन् ।

आन्तरिक पर्यटन प्रबर्द्धनका लागि बजेटमार्फत निजामती कर्मचारीलाई प्रोत्साहन गर्न महासंघले सरकारलाई सुझाव दिएको छ । नेपालका मूख्य पर्यटकीय गन्तव्य काठमाडौं, पोखरा र चितवन हुन् । यो त्रिकोणात्मक घेराबाहिर पनि पर्यटकीय गन्तव्य विस्तार गर्न महासंघको आग्रह छ ।

यसैगरी धार्मिक, स्वास्थ्य, शिक्षा, साहसिक गतिविधिमा पर्यटकको बसाई लम्बाउन पूर्वाधारको विकास गर्नुपर्ने देखिन्छ । पछिल्लो समय नेपाल साहसिक गतिविधिका लागि मूख्य गन्तव्य बन्दै गइरहेको छ । साहसिक पर्यटनलाई विश्वभर चिनाउन प्रयाप्त पूर्वाधार गर्नुपर्ने आवश्यकता छ ।

नेपालमा र्‍याफि्टङ, प्याराग्लाइडिङ, बञ्जीजम्प, जीप फ्लायर, हिमाल आरोहण, ट्रेकिङ, क्यानोनिङ, रक क्लाइम्बिङ, साइक्लिङ, जंगल सफारी लगायतका गतिविधिमा पर्यटकको आकर्षण बढ्दो छ । यी गतिविधिमा विदेशीमात्र नभई स्वदेशी पर्यटकको समेत आकर्षण देखिएको व्यवसायीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment