+
+
Shares

हजुरबाको सुझाव : बृद्धभत्ता नखोस्ने संविधान बनाउनुस् !

४ साउन, (आलापोट) काठमाडौं । आलापोटका ९० वर्षे बोधनाथ फुँयालले बृद्धभत्ता खाएको २० वर्ष पुगेछ । पहिलोपटक बृद्धभत्ता सुरु हुँदै उनी ७० वर्षका थिए ।

एक प्रकारले उनी बृद्धभत्ताका संस्थापक सेवाग्राही हुन् । नेपालको नयाँ संविधान लागु भएर त्यसको प्रतिफल त उनले कति पो भोग्लान र । तर, यी बयोबृद्ध नागरिकले नयाँ संविधानमा के हुनुपर्छ भनेर आयोजित सुझाव संकलनमा जमेरै भाग लिए ।

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन ४ गते १७:३६

Bodhraj-Fuyal

मात्रिका पौडेल 

४ साउन, (आलापोट) काठमाडौं । आलापोटका ९० वर्षे बोधनाथ फुँयालले बृद्धभत्ता खाएको २० वर्ष पुगेछ । पहिलोपटक बृद्धभत्ता सुरु हुँदै उनी ७० वर्षका थिए ।

एक प्रकारले उनी बृद्धभत्ताका संस्थापक सेवाग्राही हुन् । नेपालको नयाँ संविधान लागु भएर त्यसको प्रतिफल त उनले कति पो भोग्लान र । तर, यी बयोबृद्ध नागरिकले नयाँ संविधानमा के हुनुपर्छ भनेर आयोजित सुझाव संकलनमा जमेरै भाग लिए ।

काठमाडौं क्षेत्र नम्बर ३ का सभासद रामेश्वर फुँयाल र सोही क्षेत्रकी समानुपातिक सभासद अम्बिका बस्नेत आलापोटको कागेश्वरी पुस्तकालयको प्रांगणमा पुगेका थिए ।

नयाँ संविधानमा सुझाव दिन बोधनाथका दाँवल अन्य धेरै बृद्धबृद्धामात्र होइन, अपांगता भएका व्यक्तिहरु पनि सहभागी थिए । ‘सबैलाई न्याय होस, यो देशमा रामराज्य चलोस’बोधनाथले भने ‘अरु जेसुकै गर्नुस,मनमोहनले हाम्लाई दिएको भत्ताचाहिँ कसैले नखोस्ने गरी संविधान लेख्नुस है मान्यज्यू’ ।

विसं. २०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको एमाले सरकारले पहिलोपटक नेपालमा बृद्धभत्ता लागु गरेको थियो । एक सय रुपैयाँ थाप्ने फुँयालले यसपालिदेखि एक हजार रुपैयाँ मासिक बृद्धभत्ता पाउँदैछन् ।

संविधानमा सुझाव दिन उपस्थित भएका सर्वसाधारणको आ-आफ्नै चिन्ता र सरोकार प्रकट भइरहेको छ । आफूले पाएको अधिकार नखोसियोस् र थप अधिकार पाइयोस् भन्ने प्रायःको धारणा देखिन्छ ।

Rameshower-Fuyal-1

सभासदहरु जनताबाट आएका लिखित सुझाव पढ्दै मौखिक सुझाव टिपोट गरिरहेका थिए । ‘अधिकांशको सुझाव भ्रष्टाचारीलाई मृत्युदण्ड हुनुपर्छ भन्ने आयो’ सभासद फुँयालले भने ।

आलापोट, भद्रबास लगायतका काँठका गाउँबाट आउने सर्वसाधारण अधिकांशले गाउँको वडाध्यक्षदेखि देशको राष्ट्रपतिसम्म जनताले प्रत्यक्ष निर्वाचित गर्न पाउनुपर्ने माग राखेका थिए ।

युवा सहभागीहरुले सरकारी जागिर र अन्यत्र शैक्षिक योग्यता तोकिए जस्तै राजनीति गर्ने नेता र मन्त्रीहरुको पनि शैक्षिक योग्यता संविधानमै तोकिनु पर्ने सुझाव दिएका छन् ।

समानुपातिक निर्वाचन प्रणाली र हिन्दू राज्यको भने पक्ष र विपक्ष दुवैतर्फ बलिया तर्क प्रस्तुत भएका छन् । लिखित र मौखिक सुझाव दिने सर्वसाधारण सबैको साझा चासो थियो-हाम्रा सुझाव समेटिएलान् कि रद्धीको टोकरीमा फालिएलान् ?

Kamala-Paudel
संविधानको मस्यौदामा आफ्नो सुझाव राख्दै भिन्न क्षमता भएकी कमला पौडेल

आलापोटको सुझाव संकलनमा भिन्न क्षमता भएकी जनता पनि सहभागी थिए । उनीहरुका लागि कमला पौडेलले सांकेतिक भाषामा सुझाव लिने काम गरेकी थिइन् ।

जनतासँग राय सुझाव लिन गाउँ पसेका काठमाडौं ३ का सभासद रामेश्वर फुयालले अन्तरक्रिया कार्यक्रममा आउन नभ्याएका किसानलाई खेतबारीमै पुगेर संविधानको मस्यौदा दिए । फुयाँलले भने-ढलान गर्न जाने ढलान टोली,घाँस काट्ने घाँसे र धान गोड्ने किसानलाई उनीहरु जहाँ छन् त्यहीँ गएर सुझाव लिएका छौं ।’ 

Rameshower-Fuyal
संविधानको मस्यौदा लिएर धान खेतसम्म पुगे सभासद फुँयाल

सुझाव संकलनका क्रममा आलापोटबाट सुन्दरीजलतर्फ लाग्दै गर्दा कांग्रेस सभासद अम्बिका बस्नेतले सबै वर्ग, क्षेत्र र समुदायका जनतासँग राय लिँदा उनीहरु अधिकारप्रति सचेत देखिएको बताइन् ।

बस्नेतले भनिन्-जनताले आफ्ना प्रतिनिधि आफैंले प्रत्यक्ष भोट दिएर जिताउनु पाउनुपर्छ भनेका छन् । हामी यो सुझाव जस्ताको तस्तै बुझाउँछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?