Comments Add Comment

फेसबुकका यी तिन ‘काइदा’ जान्नुहुन्छ ?

facebooknewsroom

फेसबुक भन्ने वित्तिकै उहीँ च्याटिङ, स्टाटस अपडेट, फोटो अपलोड, तथा अरुले पोष्टेका कुराहरु हेर्ने तथा लाइक र कमेन्ट गर्ने । फेसबुकको सेटिङ बदल्ने, आफ्नो प्रोफाइललाई कलात्मक बनाउने तथा फेसबुकमा केही नयाँ कुरा गर्ने बारेमा कत्तिको सोँच्नुहुन्छ ?

आउनुहोस्, तपाइँको लागि केही नयाँ तरिका बताउँदैछौँ जसबाट तपाइँको फेसबुक पेज अरुको भन्दा निकै भिन्न देखिनेछ ।

आफ्नो स्टाटस म्यासेज लेख्ने समयमा तपाइँले अक्षरको फन्ट बदल्न सक्नुहुन्छ । आफ्नो मनपर्ने फन्ट छानेर फेसबुकमा लेख्नका लागि यो पेजमा क्लिक गर्नुहोस्

जुनसुकै फन्ट तपाइँलाई मन पर्छ त्यसमा आफ्नो स्टाटस म्यासेज लेख्न सक्नुहुन्छ । त्यसलाई कपी गरेर आफ्नो फेसबुकको स्टाटस म्यासेजमा पेष्ट गर्न सक्नुहुन्छ । त्यसका साथै ती अक्षरहरुलाई तपाइँले फेसबुक च्याटमा पनि प्रयोग गर्न सक्नुहुन्छ । र तपाइँका साथीहरु छक्क पर्नेछन् की तपाइँले कसरी यस्तो कलात्मक फन्ट प्रयोग गर्नुभयो ? कहाँबाट खोज्नुभयो ?

यदि तपाइँ कहाँ हुनुहुन्छ भन्ने कुरा फेसबुकले ट्रयाक नगरोस् र लोकेसनका बारेमा जानकारी नदेओस् भन्ने चाहनुहुन्छ भने तपाइँले फेसबुक डिस्कनेक्ट फिचर डाउनलोड गर्न सक्नुहुन्छ । क्रोम तथा फायरफक्स दुबैमा यो फिचरले काम गर्छ ।

यसरी विज्ञापन रोक्न सकिन्छ

फेसबुकले सधै प्रयोगकर्ताको लोकेसन ट्रयाक गरिरहेको हुन्छ । केही मानिसहरुलाई यो मन पर्दैन । लोकेसन तथा ब्राउजिङ हिस्ट्रीको मद्धतले फेसबुकले तपाइँको फेसबुक पेजमा सोही अनुसारको विज्ञापन देखाउने गर्दछ ।
यदि तपाइँ आफ्नो फेसबुक पेजमा आउने विज्ञापनबाट हैरान हुनुहुन्छ भने क्रोम एक्सटेन्सनको मद्धतले तपाइँले फेसबुकमा त्यस्ता विज्ञापनलाई रोक्न सकिन्छ ।

फेसबुक एडब्लक एक्सटेन्सन विशेषगरी साधारण प्रयोगकर्ताकै लागि लक्षित गरि बनाइएको हो । यो एक्सटेन्सनलाई डाउनलोड गरी इन्स्टल गर्नुहोस् ।

इन्स्टल गरेपछि तपाइँ फेसबुकमा आउने विज्ञापन रोक्न सक्नुहुन्छ वा स्त्रिmनको दायाँतर्फ आउने जुन फेसबुके विज्ञापन हुन्छन् त्यो गायब हुन्छ ।-बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment