Comments Add Comment

रोबोटले भोट हाल्न र सांसद बन्न पाउनुपर्ने माग राखेपछि के होला ?

Robot

भविष्यमा रोबोट पनि आफै जागेर आफ्नो अधिकार माग्ने सम्भावना रहेको भन्दै कानून विदले रोबोटिक्स सम्बन्धि कानूनमा सुधार तथा अद्यावधिक गर्नुपर्ने बताएका छन् ।

आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् कृत्रिम विवेकयुक्त मेसिनहरु परिपक्व बन्दै गएको र त्यसबाट अधिकार सम्बन्धि समस्या पैदा हुनु अगावै समस्याको समाधानका लागि प्रयास सुरु गर्नुपर्ने उनको भनाइ छ । रोबोटले मानिस र मेसिनबीचको रेखा मेट्दै गएको हुनाले जटिलता तथा खतरा बढ्दै गएको उनको तर्क छ ।

अमेरिकाको युनिभर्सिटी अफ वासिंटनस्थित स्कुल अफ ल का प्राध्यापक तथा कानूनविद रायन कालोले एक शोधपत्रमा लेखेका छन्, ‘रोबोटिक्सले पहिलोपटक डाटालाई शारीरिक हानी नोक्सानी पूराउने क्षमतासँग जोडेको छ ।’

रोबोटिक प्रणालीले अनुमान गर्न नसकिने तवरले काम गर्ने भन्दै उनले रोबोटले मानिस र मेसिनबीचको लक्ष्मणरेखा मेट्दै गएको बताए ।
Robot dansing
पछिल्लो समयमा चर्चित वैज्ञानिकहरुले समेत कृत्रिम विवेक युक्त प्रविधिले मानवमाथि खतरा सिर्जना गरेको विषयमा चासो देखाएका छन् र यो विषय बहसमा तानिएको छ ।

चर्चित भौतिकशास्त्री स्टेफेन हकिंग्स र इलोन मस्कले गएको जनवरीमा आर्टिफिसियल इन्टेलिजेन्सको खोजमा संलग्न वैज्ञानिकहरुलाई संयुक्त पत्र लेख्दै यसको खतराका विषयमा जानकारी गराएका थिए ।

पत्रमा भनिएको छ, ‘ यो प्रविधिमा सुरक्षाको उपाय अभाव हुँदा मानव जाति अँध्यारो भविष्यतर्फ गइरहेको मात्र होइन दशौँ लाख मानिस बेकामे हुने र मानव प्रजातीकै अन्त्य हुने खतरा छ ।’

कानून विज्ञ  कालोले भविष्यमा रोबोटले समेत भोट हाल्न पाउने अधिकार माग्न सक्ने भन्दै हाम्रो कानूनले त्यस्तो चुनौतिलाई कसरी सामना गर्ने भन्ने विषयमा अहिले नै सम्बोधन गर्नुपर्ने बताए ।

‘कल्पना गरौँ मेसिनले कुनैबेला आफुले आत्मचेतना प्राप्त गरेको घोषणा गर्नेछ र उसको त्यो दाबीलाई गलत सावित गर्न कसैले पनि सक्नेछैन’, उनले आफ्नो शोधपत्रमा लेखेका छन् ।

रोबोटले आफुजस्तै अर्को रोबाट समेत बनाउन पाउने अधिकारको दाबी गर्ने र त्यस्ता रोबोटहरुले अमेरिकी कंग्रेसमा आफ्नो प्रतिनिधित्वको माग गर्नसक्ने कल्पना समेत उनले गरेका छन् । आफैलाई अनन्त संख्यासम्म कपी गरेर बढाउन सक्ने त्यस्ता मेसिनलाई प्रतिनिधित्वको अधिकार प्रदान गर्दा मानिसले स्थापित गरेको शासन प्रणाली नै ध्वस्त हुने उनले बताएका छन् ।

केही दिनअघि मात्र कम्प्युटर वैज्ञानिक प्राध्यापक स्टुआर्ट रसेलले आर्टिफिसियल इन्टेलिजेन्स आणविक हतियार भन्दा पनि घातक हुने चेतावनी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment