Comments Add Comment

गुरूपूर्णिमाका अबसरमा गुगलले गर्‍यो गुरुलाई सम्मान

teachers-day

१५ साउन, काठमाडाैं । गुरुहरुप्रति सम्मान तथा आदर प्रकट गर्ने हिन्दुहरुको पर्व गुरुपूणिर्माका अवसरमा सर्च इन्जिन गुगलले आकर्षक डुडल्स सार्वजनिक गरेको छ । गुगलले आफ्नो सर्च इन्जिन साइट गुगल डट कममा कक्षाकोठाको सेतोपाटी आकारको कलात्मक डुडल्स प्रदर्शन गरी गुरुहरुप्रति सम्मान तथा आदर प्रकट गरेको छ ।

गुगलले सार्वजनिक गरेको डुडल्समा कक्षाकोठाको सेतोपाटीमा विज्ञान, गणित, संगीत, खेलकुद लगायतका विषयका विभिन्न चित्रहरु देखाइएको छ ।  साथै गणितको हिसाब लेखाइरहेका हातहरुको चल स्केच पनि डुडल्समा समावेश छ जसले सेतोपाटीमा गुरुहरुले गणित सिकाइरहेको भाव दिन्छ । डुडल्समा चलिरहेको हातहरु अन्त्यमा नमस्कारको शैलीमा जोडिन्छन्, जसले गुरुप्रति नमन गरेको देखिन्छ ।

स्मरण रहोस् गुगलले विश्वभरका विभिन्न महत्वपूर्ण अवसरहरुमा सोही भाव समेट्ने गरी डुडल्स तयार गर्ने गर्छ । भारतका पूर्व राष्ट्रपति एपिजे अब्दुल कलामको निधनको अवसरमा पनि गुगलले कलामको आकृति सहितको डुडल्स तयार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment