+
+
Shares

यी ५ काइदा अपनाउनुस्, गुगल सर्चमा अगाडि आउनुस्

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन १७ गते १०:३०

यदि गुगलमा सम्बन्धित विषयका बारेमा कसैले सर्च गर्यो भने आफ्नो वेबसाइट, आफुले पोष्ट गरेका सामाग्रीहरु, आफ्नो कम्पनी तथा विषयहरु सूचिको सबैभन्दा माथि देखियून् भन्ने चाहना हुन्छ सबैको । गुगल सर्चमा टप लिस्टमा आउनु भनेको लोकप्रियताको मापन पनि हो । केही काइदा छन् जसबाट तपाइँ आफ्नो वेबसाइट वा इन्टरनेट सामाग्रीहरुहरुलाई गुगल सर्चको टप लिस्टमा पूराउन सक्नुहुन्छ :
google
मोबाइल फ्रेण्डली बनाउनुहोस्– न्यूज साइट देखि लिएर सपिङ साइट सम्मका वेबसाइटहरु मोबाइलमा हेर्नेको संख्या बढिरहेको छ । यदि तपाइँको वेबसाइट मोबाइल फ्रेण्डली भयो भने गुगल सर्चमा अगाडि आउने उत्तम विकल्प रहन्छ र यसबाट तपाइँको वेबसाइटका भिजिटर्सको संख्या पनि ह्वात्तै बढ्दछ ।

शीर्षक– कि वर्डको साथसाथै तपाइँले सामाग्रीको गुणस्तरमा पनि ध्यान दिनुपर्ने हुन्छ । यदि राम्रो सामाग्री भयो भने धेरै मानिस प्रभावित भएर तपाइँको वेबसाइटको सामाग्री पढ्ने तथा शेयर गर्ने क्रम तिब्र हुन्छ ।

सामाजिक मैत्री– तपाइँको साइटका सामाग्रीहरु भद्र, सभ्य तथा सामाजिक पाराका हुनुपर्छ । यो भयो भने सबैखाले मानिसहरुले पढ्ने तथा शेयर गर्ने गर्छन् । वेबसाइट भिजिट गर्ने मानिसको संख्या पनि बढिरहन्छ ।

हाइपरलिंक– आफ्नो साइटका सामाग्रीहरुको आधिकारिकताका लागि मूल श्रोतको हाइपरलिंक ठाउँठाउँमा दिनुपर्छ । यसो गर्दा मानिसहरुले मूल श्रोतसम्म पनि पुगेर सामाग्रीहरु पढ्दछन् । त्यस्तै आफ्नै साइटका पूराना सान्दर्भिक सामाग्रीहरुलाई समेत हाइपर लिंकमा राखिदिनुपर्छ । यसो गर्दा पूराना सामाग्रीहरु समेत पटक पटक पढिन्छन् र वेबसाइट भिजिटर्सको संख्या बढ्छ । सामाग्रीहरु धेरै पटक पढिँदा त्यो गुगल सर्चमा पनि अगाडि आउने सम्भावना हुनछ ।

वेब स्पिड– तपाइँको साइट कति छिटो खुल्दछ र त्यसका सामाग्रीहरु प्रयोगकर्ताले कति छिटो पढ्न पाउँछ भन्ने कुराले पनि लोकपि्रयताको मापन गर्दछ । खुल्नकै लागि बेर गर्ने धीमा साइटका प्रयोगकर्ता पनि घट्दछन् र यसबाट तपाइँको साइट सर्च रिजल्टमा माथिल्लो स्थानमा आउने सम्भावना कम हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?